बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • देश
  • सुन प्रतितोला ८ सयले बढ्यो

सुन प्रतितोला ८ सयले बढ्यो

  • बिहिबार, साउन ११, २०८०
सुन प्रतितोला ८ सयले बढ्यो

काठमाडौं —  नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो बुधबारको तुलनामा ८ सय रुपैयाँ बढी हो ।

यसअघि ४ साउनका दिन सुनको मूल्यले नयाँ रेकर्ड राख्दै १ लाख १३ हजार ६ सय रुपैयाँसम्म पुगेको थियो । आज सोही मूल्यको नजिक पुगेको छ ।

बुधबार सुनको कारोबार १ लाख १२ हजार ७ सय रुपैयाँ प्रतितोलामा भइरहेको थियो ।

आज छापावाल सुनको कारोबार प्रतितोला १ लाख १२ हजार ९५० रुपैयाँमा भइरहेको छ ।

चाँदीको मूल्य समेत आज बढेर १ हजार ४९० पुगेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १४६५ रुपैयाँ रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार