शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • देश
  • भारत ‘ए’ लाई १२८ रनले पराजित गर्दै इमर्जिङ कपको उपाधि पाकिस्तान ‘ए’ ले जित्यो

भारत ‘ए’ लाई १२८ रनले पराजित गर्दै इमर्जिङ कपको उपाधि पाकिस्तान ‘ए’ ले जित्यो

  • सोमवार, साउन ८, २०८०
भारत ‘ए’ लाई १२८ रनले पराजित गर्दै इमर्जिङ कपको उपाधि पाकिस्तान ‘ए’ ले जित्यो

काठमाडौँ-  पाकिस्तान ‘ए’ एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको विजेता बनेको छ । भारत ‘ए’ लाई १२८ रनले पराजित गर्दै पाकिस्तान ‘ए’ ले इमर्जिङ कपको उपाधि जितेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ ले भारत ‘ए’ लाई ३५३ रनको लक्ष्य दिएको थियो । विशाल लक्ष्य पछ्याएको भारत ‘ए’ ४० ओभर मा २२४ रनमा समेटियो ।

भारत ‘ए’ का लागि अविषेक शर्माले सर्वाधिक ६१ रन बनाए । पाकिस्तान ‘ए’ का सुफियान मुकिमले ३ विकेट लिए ।

पाकिस्तान ‘ए’ का लागि तैयब ताहिरले सर्वाधिक १०८ रन बनाए । भारत ‘ए’ का रियान पराग र राजवर्द्धन हङ्गरगेकारले समान २ विकेट लिए ।

चर्चामा

सम्बन्धित समाचार