बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • देश
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै १०० किलो सुन बरामद, तीन पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै १०० किलो सुन बरामद, तीन पक्राउ

  • बिहिबार, साउन ४, २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै १०० किलो सुन बरामद, तीन पक्राउ

काठमाडौं — राजस्व अनुसन्धान विभागले आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अपरेशनमा ८० किलोभन्दा माथिको सुन बरामद गरेको छ ।विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा रहेको सुन बरामद गरिएको जनाएका छन् ।

ढुंगानाकाअनुसार उक्त सुन ओसारपसारमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको छ । विमानस्थल पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद भएको उनले बताए ।

उनले सुन हङ्कङबाट आएको खुलेको जानकारी दिए। थप अनुसन्धान जारी रहेकाले भोलिसम्ममा धेरै कुराहरु खुल्ने पनि उनको भनाई छ

चर्चामा

सम्बन्धित समाचार