बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • देश
  • युएईद्वारा नेपाललाई एक सय ५८ रनको लक्ष्य

युएईद्वारा नेपाललाई एक सय ५८ रनको लक्ष्य

  • बुधबार, साउन ३, २०८०
युएईद्वारा नेपाललाई एक सय ५८ रनको लक्ष्य

काठमाडौँ– एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाललाई जितका लागि एक सय ५८ रनको लक्ष्य दिएको छ । श्रीलंकाको कोलोम्बोस्थित पी सारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४४ ओभरमा सबै विकेट गुमाउँदै एक सय ५७ रनको योगफल बनायो ।

युएईका लागि लभप्रित सिंहले ८२ बलमा छ चौका र एक छक्काको मद्दतमा ५२ रनको योगदान दिए । त्यस्तै इथान डी सोजाले १८ रन बनाउँदा अस्वस्था भलथापाले १६ तथा आरयान्स शर्माले १४ रन बनाए ।

बलिङतर्फ नेपालका लागि कुशल भुर्तेल एक्लैले छ विकेट लिए भने श्याम ढकालले दुई विकेट झारे । त्यस्तै कुशल मल्ल र पवन सर्राफले समान १-१ विकेट लिए । समूह बी मा रहेको नेपालको आज समूहचरणको आफ्नो अन्तिम खेल हो । नेपाल र युएई समूह चरणबाट बाहिरिइ सकेका छन् । आजको खेल प्रतिष्ठाको लागि मात्रै हो ।

नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग चार विकेटले र दोस्रो खेलमा भारत ‘ए’ सँग नौ विकेटले पराजित भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार