मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • देश
  • ९ जना प्रहरी कर्मचारीलाई विशेष बढुवा पुरस्कार

९ जना प्रहरी कर्मचारीलाई विशेष बढुवा पुरस्कार

  • सोमवार, साउन १, २०८०
९ जना प्रहरी कर्मचारीलाई विशेष बढुवा पुरस्कार

काठमाडौं —  नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले ९ जना प्रहरी अधिकारीलाई विशेष बढुवा गरेका छन् ।

कुँवरले एक जना प्रहरी नायब निरीक्षक, दुई जना प्रहरी सहायक निरीक्षक, ५ जना सहायक हवल्दार र एक जना जवानलाई विशेष बढुवा गरेका हुन्

आर्थिक वर्षको अन्तिम दिन ३१ असारको निर्णय अनुसार कुँवरले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत तिलराम बोहरा सार्कीलाई प्रहरी वरिष्ठ नायब निरीक्षकमा बढुवा गरेका छन् ।

त्यस्तै, अर्जुन सेठ्ठी र बामदेव घिमिरेलाई प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायब निरीक्षकमा बढुवा गरेका छन् ।

प्रहरी सहायक हवल्दारहरु सुवास नेपाली, लक्ष्मण सापकोटा, भुदरमणि जोशी, गनकुमार खण्डलुक र उपेन्द्र चौधरी प्रहरी हवल्दारमा बढुवा भएका छन् । प्रहरी जवान लोचन अधिकारी प्रहरी सहायक हवल्दारमा बढुवा भएका छन् ।

प्रहरी नियमावली, २०७१ मा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई नीति निर्माण समितिको सिफारिसमा श्रेणीविहीनबाहेक राजपत्र अंकित पदसम्म एक तहमाथिको रिक्त पदमा बढुवा गर्नसक्ने उल्लेख छ ।

यसरी एक आर्थिक वर्षमा १० जनासम्मलाई बढुवा गर्नसक्ने व्यवस्था छ ।

चर्चामा

सम्बन्धित समाचार