आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • खेलकुद
  • भारत ए विरुद्ध टस जितेर नेपाल ब्याटिङ गर्दै

भारत ए विरुद्ध टस जितेर नेपाल ब्याटिङ गर्दै

  • सोमवार, साउन १, २०८०
भारत ए विरुद्ध टस जितेर नेपाल ब्याटिङ गर्दै

काठमाडौं—  श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारत एविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।

डे नाइट खेल कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा सुरु भएको छ ।

पाकिस्तान ए विरुद्ध शुक्रबार खेलेका अर्जुन साउद र प्रतिश जिसीकाे स्थानमा किशोर महतो र देव खनाल पहिलाे राेजाइमा खेल्दै छन् ।

समूह बी मा रहेको नेपाल पहिलो खेलमा कमजोर ब्याटिङ गर्दा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो ।

भारत ए ले पहिलो खेलमा यूएई एलाई हराएर उत्कृष्ट सुरुवात गरेको थियो ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपालको सिनियर टोलीले नै इमर्जिङ कप खेले पनि एसिया कपअघि यसलाई तयारीको रुपमा हेरेको छ ।

चर्चामा

सम्बन्धित समाचार