सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • देश
  • पर्वतमा जिप दुर्घटना हुँदा एक बालिकाको मृत्यु, ११ जना घाइते

पर्वतमा जिप दुर्घटना हुँदा एक बालिकाको मृत्यु, ११ जना घाइते

  • आइतवार, असार ३१, २०८०
पर्वतमा जिप दुर्घटना हुँदा एक बालिकाको मृत्यु, ११ जना घाइते

पर्वत — पर्वतको कुश्मा नगरपालिका-३ दुर्लुङको गौडामुनिमा शनिबार राति भएको जिप दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेका अनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको ग१ज ५२२९ नंको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएकी कुश्मा–३ की सात वर्षीया बालिका शीतल विकको उपचारका क्रममा मृत्यु भएको हो । टाउको र आँखामा गम्भीर चोट लागेकी उनको उपचारकै क्रममा पर्वत अस्पतालमा मृत्यु भएको हो ।

सोही स्थानका चार वर्षीय प्रिन्स क्षेत्री र ५० वर्षीया चन्द्रकला क्षेत्रीलाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएको छ । प्रहरीका अनुसार उनीहरू दुवैको अवस्था मध्यम छ ।

दुर्घटनामा परी दुर्लुङकै तीन वर्षीय सौरभ विक, २३ वर्षीया शान्ति विक, ७० वर्षीय कृष्णप्रसाद पाध्या, १६ वर्षीय निशान परियार, ५५ वर्षीया हीरादेवी मगर, ३५ वर्षीय मीनबहादुर क्षेत्री, ४७ वर्षीय अमृत शर्मा, ७६ वर्षीय भजत शर्मा, पोखरा बस्ने १६ वर्षीय अमर विक घाइते भएका छन् ।

जिप सडकबाट करिब ३०–३५ मिटर तल खसेको छ । जिपका चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक प्रकाश रावतले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार