सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • देश
  • पुलिसका दुवै टोली फाइनलमा

पुलिसका दुवै टोली फाइनलमा

  • आइतवार, असार ३१, २०८०
पुलिसका दुवै टोली फाइनलमा

काठमाडौं—  विभागीय टोली नेपाल पुलिस क्लबका महिला तथा पुरुष टोली सातौं प्रधानमन्त्री कप राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार भएको महिलातर्फको लिगको अन्तिम खेलमा पुलिसले न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित ग¥यो। एकतर्फी खेलमा पुलिसले न्यु डायमन्डलाई २५–२०, २५–१४, २५–१७ ले पराजित गरेको हो। प्रतियोगिताका पाँच वटै खेल जित्दै पुलिस १५ अंकका साथ शीर्ष स्थानमा रह्यो।

पुलिसले उपाधिका लागि अर्को विभागीय टोली एपीएफको सामना गर्नेछ। ११ अंकसहित दोस्रो स्थानमा रहँदै एपीएफले फाइनलमा स्थान बनाएको हो। शुक्रबार नै भएको महिलातर्फको अर्को खेलमा आर्मीले गण्डकी प्रदेशलाई २५–१८, २५–१२, २५–१५ ले हरायो।

नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगिताको पुरुषतर्फको खेलमा पुलिसले अर्को विभागीय टोली एपीएफलाई ३–० को सोझो सेटमा हरायो। पुलिसले एपीएफलाई २५–२२, २५–१३, २५–१५ ले स्तब्ध पारेको हो। पुलिसले उपाधिका लागि हेल्प नेपाल स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

शुक्रबार भएको खेलमा हेल्प नेपालले विभागीय टोली आर्मीलाई २९–२७, २१–२५, २५–२२, ३९–३७ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। पुरुषतर्फकै अर्को खेलमा गण्डकी प्रदेशले र दँवाली मिलन क्लबलाई हरायो। गण्डकीले दँवालीलाई २५–२१, २५–१५, २५–१६ ले पाखा लगायो।

चर्चामा

सम्बन्धित समाचार