शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • देश
  • इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज पाकिस्तानसँग खेल्दै

इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज पाकिस्तानसँग खेल्दै

  • शुक्रबार, असार २९, २०८०
इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज पाकिस्तानसँग खेल्दै

काठमाडौं – एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा आज नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

बिहीबारदेखि श्रीलङ्कामा सुरु भएको प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । नेपालले समूहको आफ्नो पहिलो खेल पाकिस्तान ‘ए’ सँग खेल्न लागेको हो । समूह बीमा नेपालसहित संयुक्त अरब इमिरेट्स (युएई), पाकिस्तान र भारत ‘ए’ छन् ।

समूह ‘ए’ मा श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान र ओमान छन् । एसियाका आठ टोली सहभागि प्रतियोगितामा राष्ट्रिय टोली खेलाउने नेपाल एक्लो देश हो । अन्य देशले युवा खेलाडीलाई मौका दिएका छन् ।

नेपालले दोस्रो खेल जुलाई १७ मा भारत ‘ए’ सँग खेल्नेछ । नेपालले जुलाई १९ मा युएईसँग खेल्नेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल जुलाई २३ तारिख हुनेछ । प्रतियोगिताको कुनै पनि खेललाई एक दिवसीय मान्यता रहनेछैन ।

रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, देव खनाल, पवन सर्राफ, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जिसी, ललितनारायण राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ सहभागी छन् ।

चर्चामा

सम्बन्धित समाचार