आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • देश
  • डोटीमा चट्याङ लागेर ६ बाख्रासँगै एक जनाको मृत्यु

डोटीमा चट्याङ लागेर ६ बाख्रासँगै एक जनाको मृत्यु

  • बिहिबार, असार २८, २०८०
डोटीमा चट्याङ लागेर ६ बाख्रासँगै एक जनाको मृत्यु

 डोटी —  डोटीमा चट्याङ लागेर एक जना पुरुषको मृत्यु भएको छ । बिहिवार चट्याङ लागेर बडीकेदार गाउँपालिका-५ दुदिलाका हर्क बहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकार, प्रहरी नायव उपरीक्षक युवराज भण्डारीका अनुसार अन्दाजी ६५ वर्षीय बोहराको घर आँगनको बारीमा बाख्रा चराउने क्रममा दिउँसो साढे २ बजेतिर चट्याङ लागेर मृत्यु भएको हो ।

चट्याङ लागेर बोहरा सँगै ६ वटा बाख्रा पनि मरेका छन् । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार