मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • देश
  • झण्डै १५ खर्ब पुग्यो विदेशी विनिमय सञ्चिति, एक महिनामा साढे १० अर्ब थप

झण्डै १५ खर्ब पुग्यो विदेशी विनिमय सञ्चिति, एक महिनामा साढे १० अर्ब थप

  • सोमवार, असार २५, २०८०
झण्डै १५ खर्ब पुग्यो विदेशी विनिमय सञ्चिति, एक महिनामा साढे १० अर्ब थप

काठमाडौं —  नेपालमा एक महिनाको अवधिमा साढे १० अर्ब रुपैयाँ बराबरको विदेशी विनिमय सञ्चिति थप भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म विदेशी विनिमय सञ्चिति १४ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । वैशाख मसान्तसम्म विदेशी विनिमय सञ्चिति १४ खर्ब ७० अर्ब ३३ करोड रुपैयाँ रहेको थियो ।

गत असार मसान्तसम्म विदेशी विनिमय सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको थियो । त्यसयता सञ्चितिमा २१.८ प्रतिशतको सुधार भएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति ११ अर्ब ३० करोड रहेको छ । गत असारमा यस्तो सञ्चिति ९ अर्ब ५४ करोड डलर थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार जेठसम्म रहेको विदेशी मुद्राको सञ्चितिले ९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुनेछ । यो मुद्राले ११.२ महिनाको वस्तु आयात धान्न सक्ने क्षमता राख्छ । नेपाल राष्ट्र बैंकका अनुसार यो अवस्था बाह्य क्षेत्र व्यवस्थापनमा ‘सहज’ मानिन्छ ।

चर्चामा

सम्बन्धित समाचार