सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • गरिबको नाउमा सिखर चड्ने आधार हुन्छ

गरिबको नाउमा सिखर चड्ने आधार हुन्छ

  • सोमवार, असार २५, २०८०
गरिबको नाउमा सिखर चड्ने आधार हुन्छ

सुरेशकुमार पाण्डे — गजल!

गरिबको नाउमा सिखर चड्ने आधार हुन्छ,
गरिबको लागी होइन धनीको सरकार हुन्छ।

गरिबले खियाउँछन् हाड खान र लगाउँनमा
गरिबमारालाई जोगाउँने आफै औजार हुन्छ।

दुनियाँमा दिनौँ हुनेगर्छ गरिब मुक्तिका कुरा,
गरिबमाथी शोषण दमन सधै लगातार हुन्छ।

गरिबहरू नजुर्मुराएका कहाँहुन र संसारमा,
आन्दोलनको नृतित्व कर्ता सधै गद्धार हुन्छ।

केही थिए जमानामा गरिबको हितमा लड्ने,
आज उन्कै कथा गरिब लुट्ने हथियार हुन्छ।

हाम्रै देशमा हेरौँ त सन्सारलाई डांटेर लुटेका,
समाजवादी जरोकाट्ने उनैको तरवार हुन्छ।

चर्चामा

सम्बन्धित समाचार