सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • कलेजो निकाली खाडी पठाउँने रहर कस्लाई हुन्छ

कलेजो निकाली खाडी पठाउँने रहर कस्लाई हुन्छ

  • बुधबार, असार १३, २०८०
कलेजो निकाली खाडी पठाउँने रहर कस्लाई हुन्छ

सुरेशकुमार पाण्डे   –   गजल

कलेजो निकाली खाडी पठाउँने रहर कस्लाई हुन्छ,
आफ्नै देशको भन्दा नी अर्काको भर कस्लाई हुन्छ।

बन्द बाकसमा फर्किन्छन् दिनौं युवा बिड्मबना यो,
कस्को लियो उस्को ज्यान त्यो खबर कस्लाई हुन्छ।

भनौँ सरकार संसार मै नभएको जाद्रा हाम्रो देशमा,
नागरिक लाई रोजगार शुरक्षाको कर कस्लाई हुन्छ।

छाडी जान्छन् हजारौँ युवाहरू आफ्नै मात्रृत्व भूमी,
घर छाडी उड्ने गुड्ने खुसिको सफर कस्लाई हुन्छ।

गरिब देशका सन्तान भन्दै उपहास गर्छन् दुनियाले,
अर्कैको देशमा काम खोज्नेको कदर कस्लाई हुन्छ।

धनीको काम सरकारी नियम तोड्ने मात्र हुँने भयो,
नियम कानुनको गरिबलाई भन्दा डर कस्लाई हुन्छ।

सुरेशकुमार पाण्डे २८-०६-२०२३,

चर्चामा

सम्बन्धित समाचार