आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • देश
  • सिन्धुलीमा बाढीपहिराेबाट ३१ घरमा क्षति

सिन्धुलीमा बाढीपहिराेबाट ३१ घरमा क्षति

  • शनिबार, असार ९, २०८०
सिन्धुलीमा बाढीपहिराेबाट ३१ घरमा क्षति

सिन्धुली   –   सिन्धुलीको गोलञ्जोर गाउँपालिका–२ बितिजोरमा बाढीपहिराेबाट ३१ घरमा क्षति पुगेको छ । बाढीले खेतसमेत बगाएको छ ।

आज बिहान आएको बाढीले पाक्न लागेको मकै र रोपाइ गर्न राखिएको धानको ब्याडसमेत बगाएको छ । बाढीपहिराबाट पशुचौपाया र कखुरा पनि नष्ट गरेको वडाध्यक्ष दौलत कार्कीले जानकारी दिए। लगातारको वर्षापछि खसेको पहिरो र खोल्सामा लेदोसहित आएको बाढीले बितिजोरको कुखुरेटारका चित्रबहादुर माझीको गोठ बगाउँदा पाँच सुँगुर र ६० कुखुरा मरेका छन् ।

“बाढीपहिराले बितिजोरका कखुरेटार, तीनमाने, कटहरे र भालुखोलाका बासिन्दाको घरमा क्षति पुगेको छ । क्षतिको विवरण संकलन गरिरहेका छौँ”, वडाध्यक्ष कार्कीले भने– “रोपाइँका लागि तयार हुँदै गरेको धानको ब्याड चिनोमानो नरहने गरी पुरिँदा किसान मर्कामा परेका छन् ।”

चर्चामा

सम्बन्धित समाचार