मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • सुदूरपश्चिमको बजेटः ३२ सांसदलाई ९६ करोड बाँड्ने तयारी

सुदूरपश्चिमको बजेटः ३२ सांसदलाई ९६ करोड बाँड्ने तयारी

  • बिहिबार, जेष्ठ ३२, २०८०
सुदूरपश्चिमको बजेटः ३२ सांसदलाई ९६ करोड बाँड्ने तयारी

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका नाममा ३२ निर्वाचन क्षेत्रका सांसदलाई तीन/तीन करोडका दरले बजेट विनियोजन गर्ने भएको छ। ‘३२ निर्वाचन क्षेत्रका लागि पूर्वाधार विकास कार्यक्रम अन्तर्गत जनही ३ करोडका दरले बजेट विनियोजन हुने गरी व्यवस्था गरिसकिएको छ।

यो कार्यक्रमबाट जनतामा माझमा काम गर्न सजिलो नै हुने भएकाले नकारात्मक कोणबाट हेर्न नहुने उनको तर्क छ। विगतमा पूर्वाधार विकास कार्यक्रमअन्तर्गत प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्यले छनोट गरेका योजनामा खर्च गर्ने गरी हरेक निर्वाचन क्षेत्रमा तीन करोडका दरले बजेट विनियोजन गर्ने गरिएको थियो। संघीय सरकार आलोचित भइरहँदा सुदूरपश्चिम प्रदेश सरकारले पनि त्यही बाटो पछ्याएको छ। आगामी बजेटमा प्रदेश सरकारले यो कार्यक्रम ल्याउने तयारी गरेको हो।

चालू आर्थिक वर्षमा सुदूरपश्चिम सरकारले प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार साझेदार कार्यक्रम स्थगित गरेको थियो। तर, संघले नाम हेरफेर गरेर कार्यक्रम ब्युँताएपछि प्रदेश सरकार पनि हौसिएको छ। भोलि ४ बजे सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रदेश सभा बैठकमा प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।

चर्चामा

सम्बन्धित समाचार