शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अर्थ/वाणिज्य
  • सुदूरपश्चिममा बजेट अधिवेशन सुरु

सुदूरपश्चिममा बजेट अधिवेशन सुरु

  • आइतवार, जेष्ठ १४, २०८०
सुदूरपश्चिममा बजेट अधिवेशन सुरु

सुदूरपश्चिम प्रदेशमा बजेट अधिवेशन सुरु भएको छ। प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन (बजेट अधिवेशन) शनिवारदेखि सुरु भएको हो।

बैठकको विशेष समयमा सत्तापक्ष नेपाली कांग्रेसका विक्रमसिंह धामीले प्रदेशलाई नमूना प्रदेश बनाउन यसका आधार खोजेर सामूहिकरूपमा अघि बढ्नुपर्ने बताएका छन्। देवभूमिको रूपमा चिनिने सुदूरपश्चिम प्रदेशका तीर्थस्थललाई उजार गर्न सकिएमा धार्मिक पर्यटन प्रवद्र्धन भई प्रदेशको समृद्धिमा योगदान पुग्ने उनले बताएका थिए।
माओवादी केन्द्रका शिवसिंह ओलीले विगतको पाँच वर्षमा प्रदेश सरकार र प्रदेशसभाले गरेका कामको स्वामित्व ग्रहण गर्दै थप विकासका आधार तय गरेर अघि बढ्नुपर्ने बताए। प्रदेशको विकासका लागि स्पष्ट दृष्टिकोणसहितको कार्यक्रम र योजना बनाएर अघि बढ्नुपर्ने उनको भनाइ छ।
प्रमुख प्रतिपक्ष नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बजेट अधिवेशनले नागरिकलाई प्रदेशको विकास समृद्धि र सुखी नेपाली बनाउन अनुभूति दिलाउन सार्थक हुने विश्वास व्यक्त गरे। उनले संघीयता, लोकतन्त्र र समावेशी व्यवस्थालाई खल्बल्याउन देशी विदेशी शक्तिले षड्यन्त्र गरिरहेको र प्रदेशको औचित्यमाथि प्रश्न उठाउने गरिएकोले संसद्को भूमिकालाई थप प्रखर बनाउन सक्नुपर्ने आवश्यकता औँल्याए।

चर्चामा

सम्बन्धित समाचार