शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • बाजुराको भौनेरा, अनाई र दानसाँगु खोलामा बेलिव्रिज निर्माण हुने

बाजुराको भौनेरा, अनाई र दानसाँगु खोलामा बेलिव्रिज निर्माण हुने

  • शनिबार, जेष्ठ १३, २०८०
बाजुराको भौनेरा, अनाई र दानसाँगु खोलामा बेलिव्रिज निर्माण हुने

बाजुरा– बाजुराको बडीमालिका नगरपालिका २ को भौनेरा, ९ को अनाई खोला र बुढीनन्दा नगरपालिकाको दानसाँगुमा बेलिव्रिज पुल निर्माण गरिने भएकाे छ ।
सडक निर्माण भएर यातायात संचालनमा आएका भएपनि वर्षातको समयमा यी खोलाहरुमा पक्की पुल नहुँदा यातायात सेवा बन्द हुने गरेको थियो । यी ३ वटै खोलामा बेलिब्रिज निर्माण हुने भएपछि सदरमुकाम मार्तडीसम्म बाह्रै महिना चल्ने गरी यातायात संचालन हुने देखिएको छ ।
यी ३ वटै खोलामा बेलिब्रिज (पुल) निमार्ण कार्य अघि बढाउन मन्त्रालय स्तरीय निर्देशन जारी भएको छ । बेलिब्रिज निर्माणका लागि बाजुराका राजनीतिक दलहरुले लामो समयदेखि माग गर्दै आएका थिए । तर उक्त खोलाहरुमा बेलिव्रिज निर्माण भने हुन् सकेको थिएन् ।  बेलिब्रिज यसै वर्ष भित्र निर्माण गरिने जनाएकाे छ । बाउली अनाई र दानसाँघुमा बेलिब्रिज बने मार्तडी कोल्टी कवाडी सडक नियमित सञ्चालनमा हुने छ । भने भौनेरामा बेलिब्रिज निर्माण भए साँफे मार्तडी सडक अवरोध हुँदा पनि बैकल्पिक सडकका रुपमा प्रयोग गर्न सकिने छ ।
यता सडक डिभिजन कार्यालय साँफेबगरका कार्यालय प्रमुख बस्नेतका अनुसार मन्त्रालयबाट नितिगत निणर्य भई परिपत्र आएको छ अब तत्काल प्रक्रियामा जाने बताएका छन् ।
बाजुरामा केही वर्षदेखि कच्ची सडकबाट यातायातका साधान सञ्चालन भईरहेपनि यात्रा मौसमी हुदै आएको छ । पुल नभएका ठाउँमा बर्खा सिजनमा यातायातका साधान अवरुद्ध हुने गरेका छन् । कतिपय ठाउँमा आंशिकरुपमा यातायातका साधान सञ्चालन भएपनि खोलामा पुल नहुँदा बर्षादको बेला यहाँका स्थानीयले पैदल यात्रा गर्दै आएका छन् ।

चर्चामा

सम्बन्धित समाचार