• होमपेज
  • बडिमालिका
  • सामुदायिक मनोसामाजिक कार्यकर्ताहरुलाई समिक्षा तथा कोचिङ मेन्टोरिङ

सामुदायिक मनोसामाजिक कार्यकर्ताहरुलाई समिक्षा तथा कोचिङ मेन्टोरिङ

  • शुक्रबार, जेष्ठ १२, २०८०
सेयर गर्नुहोस् :
सामुदायिक मनोसामाजिक कार्यकर्ताहरुलाई समिक्षा तथा कोचिङ मेन्टोरिङ

बाजुरा– बडिमालिका नगरपालिकामा सामुदायिक मनोसामाजिक कार्यकर्ताहरुलाई समिक्षा तथा कोचिङ मेन्टोरिङ गरिएको छ । स्वीस विकास सहयोग नियोग, शाही नर्वेजियन राजदुतावास संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोग तथा आइपास नेपाल र बडिमालिका नगरपालिका र बुढीगंगा नगरपालिकाको साझेदारीमा सो कार्यक्रम गरिएको हो । लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना दोस्रो चरण अन्तर्गत लैङ्गिक हिंसा प्रभावितहरुको पहिचान गरी आवश्यक सूचना दिई  सेवाका लागि नजिकको स्वास्थ्य संस्था वा एकद्धार संकट व्यवस्थापन केन्द्रमा प्रेषण गर्न महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुलाई सक्षम बनाउने उद्धेश्यका साथ सो कार्यक्रमको आयोजना गरिएको यूएनएफपीएका कार्यक्रम संयोजक आत्मराम न्यौपानेले बताए ।

बडिमालिका नगरपालिकाका वडा नम्बर १, २, ६, ७ र ८ मा कार्यरत २० जना महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका र ३ जना सामुदायिक मनोसामाजिक कार्यकर्ताहरुलाई समिक्षा तथा कोचिङ मेन्टोरिङ कार्यक्रम जेठ ७ गते देखि जेठ ११ गते सम्म आयोजना गरिएको न्यौपानेले बताएका छन ।
उक्त कार्यक्रममा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष तथा आइपास नेपालका साथै मनोबिमर्शकर्ता जानकी चन्दले परामर्श, एकद्धार संकट व्यवस्थापन केन्द्रकी फोकल व्यक्ति निशा रोकायले एकद्धार संकट व्यवस्थापन केद्रको बारेमा जानकारी गराएकी थिइन । बडिमालिका नगरपालिकाकी महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख केशरी रोकायाले लिङ्ग र लैङ्गिकताको बारेमा सहजिकरण गरेको यूएनएफपीएले जनाएको छ ।
उक्त कार्यक्रममा लिङ्ग र लैङ्गिकता, लैङ्गिक हिंसा, लैङ्गिक हिंसाका कारणहरु र प्रकार, स्वास्थ्यमा पर्ने असरहरु तथा लैङ्गिक हिंसा प्रभावितहरुको पहिचान, परामर्श र प्रेषण, एकद्धार संकट व्यवस्थापन केन्द्रबाट उपलब्ध हुने सेवाहरुको बारेमा जानकारी गराईएको थियो ।
विषेशगरी लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यमा महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुको भूमिकाको बारेमा गहन छलफल भएको थियो । सोहि कार्यक्रम बुढीगंगा नगरपालिकाको वडा नम्बर ३, ४, ५ र ९ मा कार्यरत महिला सामुदायकि स्वास्थ्य स्वयं सेविका र सामुदायिक मनोसामाजिक कार्यकर्ताहरुका लागि पनि आयोजना गरिने आइपास नेपालका कार्यक्रम अधिकृत तथा मेन्टोरिङ कार्यक्रमका सहजकर्ता रमेश थापाले जानकारी गराएका थिए ।

 

चर्चामा

सम्बन्धित समाचार