बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • देश
  • सन्दीपको मुद्दामा उमेरमै अड्किए न्यायाधीश, वडाको पत्र र अस्पतालको कागज फेरि मगाउन आदेश

सन्दीपको मुद्दामा उमेरमै अड्किए न्यायाधीश, वडाको पत्र र अस्पतालको कागज फेरि मगाउन आदेश

  • सोमवार, जेष्ठ ८, २०८०
सन्दीपको मुद्दामा उमेरमै अड्किए न्यायाधीश, वडाको पत्र र अस्पतालको कागज फेरि मगाउन आदेश

काठमाडौं– सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज पनि सुनवाइ हुन सकेन । जिल्ला अदालत काठमाडौंले जाहेरीकर्ता गौशाला २६ को उमेर सम्बन्धमा अझै स्पष्ट हुनुपर्ने भन्दै सुनवाइ नगरेको हो ।

न्यायाधीश फणिन्द्र प्रसाद पराजुलीको इजलासले गौशाला २६ को जन्मदर्ता रहेको नुवाकाेटकाे एउटा वडाले पठाएको पत्र स्पष्ट नभएको जनाएको छ । सो वडाले जाहेरीकर्ताको वास्तविक जन्ममिति सम्बन्धमा पठाएको पत्र चित्तबुझ्दो नभएकाले फेरि अर्को पत्र ल्याउन इजलासले आदेश दिएको छ ।

यसै गरी, गौशाला २६ को जन्म भएको अस्पतालबाट प्राप्त कागज पनि राम्ररी नबुझिएको आदेशमा उल्लेख छ । इजलासले फेरि अर्को पत्र ल्याउन भनेको छ ।

सन्दीपका कानून व्यवसायीहरू भने विभिन्न बहाना गरेर मुद्दा लम्ब्याउन खोजिएको भन्दै असन्तुष्ट बनेका छन् । वडाको पत्र र अस्पतालको कागज दुवैले जाहेरीकर्ता नाबालिग नदेखिने स्पष्ट हुँदाहुँदै किचलो गर्न खोजिएको उनीहरूको आरोप छ ।

चर्चामा

सम्बन्धित समाचार