शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • राजनीति
  • भुटानी शरणार्थी प्रकरणमा ओलीको चुनौती : मेरो पालामा गडबडी भएको छैन, निष्पक्ष छानबिन होस (भिडिओ)

भुटानी शरणार्थी प्रकरणमा ओलीको चुनौती : मेरो पालामा गडबडी भएको छैन, निष्पक्ष छानबिन होस (भिडिओ)

  • आइतवार, जेष्ठ ७, २०८०
भुटानी शरणार्थी प्रकरणमा ओलीको चुनौती : मेरो पालामा गडबडी भएको छैन, निष्पक्ष छानबिन होस (भिडिओ)

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणमा आफ्नो सरकारको पालामा कुनै गडबडी नभएको दाबी गरेका छन् । उनले अपराधी नउम्किने गरी निष्पक्ष छानबिन गर्न सरकारलाई चुनौती दिए ।

आज संसद् बैठकमा बोल्दै ओलीले निर्दोषलाई फसाउने र दोषीलाई उम्काउने खेल भएको दाबी गरे ।

उनले भने, ‘६ हजारभन्दा बढी भुटानी शरणार्थी बाँकी थिए । मेरो पालामा एउटा समिति बनेको हो । त्यसले दिएको प्रतिवेदन मैले होल्ड गरेको थिएँ । मलाई त त्यसबेला पिङ खेलाएको खेलाऐ थिए, कागजतिर हेर्ने फुर्सद पनि थिएन । पछि अर्को सरकारको पालामा कागज फेरि यो । माथिको कभर उही राखियो, तर व्यक्तिको सूची परिवर्तन गरियो ।’

यो प्रकरण सरकारले नभएर आफैँ बाहिर आएको ओलीले बताए ।

‘यो लुकाउन सक्ने र ढाकछोप गर्न सक्ने अवस्था नै थिएन । आफैँ बाहिर आएको हो । आगो छोप्न सकिन्छ, धुवाँ छोप्न सकिन्न,’ उनले भने ।

तीन दलका शीर्ष नेताहरू बैठक बस्दा सन्देह गरिएकोमा पनि ओलीले आपत्ति जनाए ।

उनले थपे, ‘हामी तीनजना मध्ये पनि दुई जना चाहिँ दूधले नुहाएका, दूधकुण्डमै नुहाएका, अनि म चाहिँ अपराधी जोगाउन म्याउँ म्याउँ गरिरहेको रे । याद राख्नुस्, बाघ बुढो हुँदैमा घाँस खाँदैन ।

चर्चामा

सम्बन्धित समाचार