शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • समाज
  • राष्ट्रिय महिला आयोगद्धारा समाजमा रहेका हानीकारक अभ्यास न्यूनिकरण सम्बन्धि कार्यक्रम सम्पन्न

राष्ट्रिय महिला आयोगद्धारा समाजमा रहेका हानीकारक अभ्यास न्यूनिकरण सम्बन्धि कार्यक्रम सम्पन्न

  • शुक्रबार, जेष्ठ ५, २०८०
राष्ट्रिय महिला आयोगद्धारा समाजमा रहेका हानीकारक अभ्यास न्यूनिकरण सम्बन्धि कार्यक्रम सम्पन्न

बाजुरा– राष्ट्रिय महिला आयोगद्धारा बाजुरामा ०८० जेठ ४ गते समाजमा रहेका हानीकारक अभ्यासहरु घरेलु हिंसा, छाउपडी प्रथा, बालविवाह, वहुविवाह, दाईजो प्रथा न्यूनिकरण सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय महिला आयोगको २०५८ साल फागुन २३ गते स्थापना थियो । नेपालको संविधान २०७२ ले राष्ट्रिय महिला आयोगलाई संवैधानिक मान्यता दिएर काम कार्वाही सुरु गर्दै आएको राष्ट्रिय महिला आयोग सदस्य माननिय जया घिमेरीले बताउनु भयो । आयोगले काम सुरु गरेपश्चनो महिलाका सावलमा काम गर्दै आएको घिमेरीले बताउनु भयो ।
राष्ट्रिय महिला आयोगद्धारा बाजुरा सदरमुकाम मार्तडीमा आयोजित कार्यक्रममा लिल्लाका सम्पूर्ण सरोकारवाला निकाएहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा राष्ट्रिय महिला आयोगले गर्ने काम कार्वाही उजुरी उजुरी पश्चात कानूनिय कार्वाही जस्ता बिषय माथि छलफल गरिएको थियो ।
छलफलका क्रममा नेपाल पत्रकार महासघ बाजुराका पूर्व अध्यक्ष मदनराज जैशीले राष्ट्रिय महिला आयोगले दुर्गमका महिलाहरुलाई समेत आयोगका काम अनुभुति हुने गरी देखिनु पर्ने बताउनु भयो । बाजुराका दुर्गम ठाउका महिलाहरु समाजमा बिद्यमान रहेका हिंसामा पर्ने गरेका भएपनि हिंसा पीडित महिलालाई थाहा नपाउन हिंसा सहेर बस्नु पर्ने बाध्यता रहदै आएको बताउनु भयो ।
अर्का सहभागि अधिबक्ता हर्क खडायतले २०७२ सालबाट काम थालनि गरेको भएपनि २०८० सालमा महिला आयोगले यो काम गर्छ भन्दै दुर्गमका नागरिकले थाहा पाउनु दुखको कुरा रहेको बताउनु भयो । उहाले भन्नु भयो राष्ट्रिय महिला आयोगबाट बाजुरा मात्र टाढा सोचेको त बाजुराबाट राष्ट्रिय महिला आयोग झन टाढा रहेको बताउनु भयो ।
मानव सुचाङकका हिसावले देशकै सवैभन्दा पछाडी रहेको बाजुरा जिल्लालाई राष्ट्रिय महिला आयोगले पनि पछाडी राख्न नहुने अधिबक्ता खडाएतले बताउनु भयो ।
महिला अधिकार मंचकी अध्यक्ष रुखमीणी शाहले राष्ट्रिय महिला आयोगले बाजुरा जस्ता देर्गमका हिंसा पिडीत महिलाहरुलाई बिशेष रुपमा हेर्न पर्ने बताउनु भयो । आफ्नो नेतृत्वमा सदरमुकाम मार्तडीमा सेभ हाउस संचालन गरेको छ । त्यसमा राष्ट्रिय महिला आयोगको सहयोग हुनु पर्ने बताउनु भयो ।
बाजुरामा मदिराका कारण घरेलु हिंसाका घटना बढी हुने गरेको अध्यक्ष शाहले बताउनु भयो । राष्ट्रिय महिला आयोगले जिल्ला सदरमुकाम भन्दा पनि ग्रामणी क्षेत्रमै पुग्ने खालका कार्यक्रम सैचालन गर्नु पर्ने बताउनु भयो ।
महिला अधिकारकर्मी कृष्णा दानीले महिला हिंसामा परेका हुन्छन । उजुरी पश्चात राजनैतिक करण हुन्छ । यसो हुदा पीडित महिला झन बढी पीडा सिर्जना हुने गरेको बताउनु भयो यस्को बिषयमा पनि राष्ट्रिय महिला आयोगले काम थालनी गर्नु पर्ने बताउनु भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार