बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • देश
  • बडिमालिका ७ मा स्थानिय कृर्षि उत्पादन र हस्तकला प्रदर्शनी कार्याक्रम सम्पन्न

बडिमालिका ७ मा स्थानिय कृर्षि उत्पादन र हस्तकला प्रदर्शनी कार्याक्रम सम्पन्न

  • शुक्रबार, जेष्ठ ५, २०८०
बडिमालिका ७ मा स्थानिय कृर्षि उत्पादन र हस्तकला प्रदर्शनी कार्याक्रम सम्पन्न

बाजुरा– बडिमालिका नगरपालिका ७ ले स्थानिय कृर्षि उत्पादन र हस्तकला पर्दशनी कार्यक्रम सम्पन्न गरेको छ । वडा बासीले उत्पादन गरेका कृर्षि उत्पादन र हातले निर्माण गरेका सामग्रीहरुको बिहीबार एक कार्यक्रमका विच प्रर्दशनी गरेको हो ।
बडिमालिका नगरपालिका ७ लाई जिल्ला भरी आलुको राजधानी भनेर चिन्ने गरेका छन । पालिकाले आलु पकेट क्षेत्रका रुपमा वडालाई नै अगाडी बढाएको छ ।
स्थानीय रैथाने बालिको प्रर्वद्धन गरि उत्पादन बढाऔ, पौष्टिक खाउँ, रैथाने बालि क्षेत्र विस्तार गरि आम्दानी बढाऔ भन्ने मुल नाराका साथ कार्यक्रम संचालन गरिएको बडिमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।


कार्यक्रमममा स्थानिय उत्पादन हस्तकला प्रर्दशनीसंगै चेतना मुलक स्थानिय झाँक्रीसमेत प्रर्दशनी गरिएको पाध्यायले बताए । प्रर्दशनीमा स्थानियले उत्पादन गरेका रेथानै वाली तरकारी, अन्नवाली फलफुल र बसालाबाली थिए । त्यसैगरी बस्तुभाउ स्थायिन जातका भैशी, गाई बाख्रा, रागो, पशुपन्छि तर्फ कुखुरा, हास लगाएलाई प्रर्दशनीमा राखिएको थियो ।
हस्तकला तर्फ स्थानियले हातले निर्माण गरेका डोका,डाला, नाम्ला, निगालोले बुनेका सामानहरु भेडाको उनबाट बुनेका राडी पाखी लेउ सुईट लगाएत अन्य कपडा त्यस्तै काठबाट बनाईएका कृर्षि औजार देखी भाडाकुठा प्रर्दशनमा राखिएको थियो ।


कृषकले उत्पादन गरेको चिजबस्तुको बारेमा वडा बासी सबैलाई जानकारी अगारई कृर्षि प्रविधिको बारेमा अनुभव आदन प्रदान गर्न कृषकलाई स्थानिय उत्पादनसंग उत्प्रणा बढाउने उद्देश्यले मेलाको आयोजना गरीएको बडिमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।
उनले भने गाउमा सबै युवा बेरोजगार छन सवैले चाहे जस्तो शिक्षा आर्जन पनि गर्न सकेका छैन । सवैलाई राजगार सिर्जना गर्ने भनेको कृर्षि नै हो । रैथाने वालीको बिकाससंगै बेरोजगार युवालाई रोजगारी सिर्जनामा प्रदर्शनी कार्यक्रमले सहयोग र हौसला पुग्ने हुने बताउनु भयो ।
वडाका ११ ओटा महिला समुहले कृर्षि उत्पादन र रैथाने वाली संरक्षण सम्बन्धि देउडा गितबाट चेता फैलाएका थिए । प्रदर्शनी कार्यक्रममा १ सय ४७ जातका रैथाने वालीको प्रर्दशनी भएको थियो भने १० प्रकारका हस्तकला प्रदर्शनी गरीएको थियो ।


कृर्षिमा उत्पादन बढाउन बाली गलाउदा गोडमेल गर्दा मलजल गर्दा ध्यान दिनु पर्ने कुराको बारेमा कृर्षि ज्ञान केन्द्रका सुचना अधिकारी मीन प्रसाद जैशी र पशु पन्छि पाल्दा गोठ सुधार गर्दा बस्तुभाउलाई रोग लाग्दा ध्यान दिनु पर्ने कुराको बारेमा जिल्ला भेटेनरी अस्पतालका निमित्त कार्यालय प्रमुख सिद्धराज जैशीले सहजीकरण गरेका थिए ।
बडिमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि नगर उपप्रमुख नन्दा थापा रहेकी थिईन । कार्यक्रममा कृर्षि ज्ञान केन्द्र, भेटेनेरी अस्पताल प्रतिनिधि लगाएत स्थानियको उपस्थिती रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार