शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • फुटबल
  • साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल कुवेत भिड्ने

साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल कुवेत भिड्ने

  • बिहिबार, जेष्ठ ४, २०८०
साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल कुवेत भिड्ने

काठमाडौं — दक्षिण एसियाली फुटबलका सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र कुवेत आमनेसामने हुने भएका छन्।

भारतको बेङ्गुरुमा जुन २१ देखि जुलाई चार सम्म हुने प्रतियोगितामा नेपालले समूह ‘ए’मा आयोजक भारत, आमन्त्रित टिम कुवेत र पाकिस्तानको सामना गर्नेछ।

दक्षिण एसियाली फुटबल संघले आज सार्वजनिक गरेको ड्रअनुसार नेपालले निटकतम प्रतिद्वन्द्वी भारतकै समूहमा परेको थियो। यसअघि माल्दिभ्समा भएको पछिल्लो संस्करणमा पहिलो पटक फाइनलमा पुगेको नेपाल भारतसँग पराजित हुँदा उपाधि उचाल्न असफल भएको थियो।

यसपाली दक्षिण एसियाका बाहेक कुवेत र लेबनान पनि सहभागिता जनाउँदैछन्। प्रतियोगितामा सहभागी आठ टिम दुई समूहमा विभाजित छन्। दुवै समूहबाट शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन्।

साफले आजै सार्वजनिक गरेको खेल तालिका अनुरा नेपालले जुन २१ मा कुवेत, जुन २४ मा भारत र जुन २७ मा पाकिस्तानसँग खेल्ने छ।

समूह ए- भारत, कुवेत, नेपाल, पाकिस्तान
समूह बी- लेबनान, माल्दिभ्स, भुटान, बंगलादेश

चर्चामा

सम्बन्धित समाचार