शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • फुटबल
  • साफ च्याम्पियनसिप : नेपालको समूहमा भारत, कुवेत र पाकिस्तान

साफ च्याम्पियनसिप : नेपालको समूहमा भारत, कुवेत र पाकिस्तान

  • बिहिबार, जेष्ठ ४, २०८०
साफ च्याम्पियनसिप : नेपालको समूहमा भारत, कुवेत र पाकिस्तान

काठमाडौं — दक्षिण एसियाली फुटबलका सबैभन्दा ठूलो प्रतियोगिता– साफ च्याम्पियनसिपमा नेपाल समूह ‘ए’मा परेको छ।

भारतको बेङ्गुरुमा जुन २१ देखि जुलाई चार सम्म हुने प्रतियोगितामा नेपालले समूह चरणमा आयोजक भारत, आमन्त्रित टिम कुवेत र पाकिस्तानको सामना गर्नेछ।

दक्षिण एसियाली फुटबल संघले आज सार्वजनिक गरेको ड्रअनुसार नेपालले निटकतम प्रतिद्वन्द्वी भारतकै समूहमा परेको हो। यसअघि माल्दिभ्समा भएको पछिल्लो संस्करणमा पहिलो पटक फाइनलमा पुगेको नेपाल भारतसँग पराजित हुँदा उपाधि उचाल्न असफल भएको थियो।

यसपाली दक्षिण एसियाका बाहेक कुवेत र लेबनान पनि सहभागिता जनाउँदैछन्। प्रतियोगितामा सहभागी आठ टिम दुई समूहमा विभाजित छन्। दुवै समूहबाट शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउने छन्।

समूह ए – भारत, कुवेत, नेपाल, पाकिस्तान
समूह बी– लेबनान, माल्दिभ्स, भुटान, बंगलादेश

चर्चामा

सम्बन्धित समाचार