सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाचार
  • मध्यरातसम्ममा बारा–२ को मतगणना सक्ने लक्ष्य

मध्यरातसम्ममा बारा–२ को मतगणना सक्ने लक्ष्य

  • मङ्लबार, बैशाख १२, २०८०
मध्यरातसम्ममा बारा–२ को मतगणना सक्ने लक्ष्य

बारा– बारा–२ को मतगणना आज मध्यरातसम्ममा सक्ने लक्ष्य लिइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले अब दुई स्थानीय तहका १६ वटा वडामा मतगणना हुन बाँकी रहेको छ ।

४४ वटा वडा रहेको बारा–२ मा करैयामाई, सुवर्ण र देवताल गाउँपालिकाको सम्पूर्ण वडा र कोहल्वी नगरपालिकाको वडा नम्बर ८ को मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए ।

उनका अनुसार अब महागढीमाई नगरपालिकाको वडा नम्बर १ देखि ६ सम्म र पचरौता नगरपालिकाको ९ वटा गरी १५ वटा वडाहरू गणना गर्न बाकी रहेको छ । उनले भने, ‘अब १६ वडाको मतगणना हुन बाँकी छ । हामी अन्तिम मत परिणाम आज राति १२ बजेभित्र सार्वजनिक गर्ने गरी लागिरहेका छौँ ।’

उनका अनुसार अब २७ हजार ३३९ मत गणना गर्न बाँकी छ । हालसम्मको मत परिणाम अनुसार जसपाका अध्यक्षसमेत रहेका उम्मेदवार उपेन्द्र यादवले अग्रता फराकिलो बनाएका छन् । आइतबार भएको उपनिर्वाचनमा बारा २ मा ६९ हजार १०७ मत खसेको थियो । बारा २ मा सोमबारदेखि मतगणना सुरु भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार