बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • खेलकुद
  • यू-१६ राष्ट्रिय क्रिकेट आजदेखि, सुदूरपश्चिम र कर्णालीबीच उद्घाटन खेल

यू-१६ राष्ट्रिय क्रिकेट आजदेखि, सुदूरपश्चिम र कर्णालीबीच उद्घाटन खेल

  • आइतवार, बैशाख १०, २०८०
यू-१६ राष्ट्रिय क्रिकेट आजदेखि, सुदूरपश्चिम र कर्णालीबीच उद्घाटन खेल

धनगढी — एनआईएमबी सुदूरपश्चिम मुख्य मन्त्री कप यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता आज देखि सुरु भएको छ । धनगढीको फाप्ला मैदानमा घरेलु टिम सुदूरपश्चिम प्रदेश र कर्णालीबीच उद्घाटन खेल सुरु भएको छ ।

वैशाख १७ गतेसम्म सुदूरपश्चिम प्रदेशमा आयोजना हुने प्रतियोगितामा सात प्रदेशको टोलीबीच प्रतिस्पर्धा हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । क्यानले शनिबार सार्वजनिक गरेको तालिका अनुसार समूह ए मा सुदूरपश्चिम र कर्णालीसहित मधेश प्रदेश र लुम्बिनी प्रलेश छन् । समूह बी मा बागमती, गण्डकी र कोशी प्रदेश छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल खेल १७ गते हुनेछ ।

प्रतियोगिताको विजेताले नगद २ लाख प्राप्त गर्नेछन् भने उपविजेताले १ लाख पाउनेछन् । यस्तै प्लेअर अफ द सिरिजले १५ हजार, बेस्ट ब्याटर र बेस्ट बलरले जनही १० हजार तथा हरेक खेलको प्लेअर अफ द म्याचले २ हजार पाउने क्यानले जनाएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजकमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक एनआईएमबी छ भने सुदूरपश्चिम सरकारले विशेष सहयोग गर्ने क्यानले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार