शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • खेलकुद
  • एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, मलेसियामाथि ६ विकेटको जित

एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, मलेसियामाथि ६ विकेटको जित

  • मङ्लबार, बैशाख ५, २०८०
एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, मलेसियामाथि ६ विकेटको जित

एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उद्घाटन खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो ।

नेपालले जितका लागि पाएको २३६ रनको लक्ष्य ३६. २ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपाललाई जिताउन भीम सार्कीले ७१ रन बनाए । कुशल मल्ल ७० रनमा नट आउट रहे । रोहित पौडेलले ४२ र कुशल भुर्तेलले ३८ रन बनाए । आसिफ सेख १ रनमा आउट भए ।

यसअघि कप्तान अहमद फैज र विरन्दीप सिंहले शतकीय साझेदारी गरेपछि मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन बनाएको हो । अहमद फैज र विरन्दीपले दोस्रो विकेटका लागि ११६ रनको साझेदारी गरे । फैजले ९५ बलमा ८ र १ छक्का प्रहार गरी सर्वाधिक ७६ रन बनाए ।

विरन्दीप ९४ बलमा ४६ रन जोडे । उनले २ चौका प्रहार गरे । ओपनर मुहम्मद अमिर १७ रन बनाएर आउट भएका थिए । त्यसबाहेक अजार हायतले २२, मुहम्मद वाफिकले २१ र मुहमद सहादतले १५ रन बनाए । मलेसियाले १२ रन अतिरिक्तबाट पाएको थियो ।

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले ३-३ विकेट लिए । सोमपालले ९ ओभरमा ४० रन खर्चिए भने सन्दीपले १० ओभरमा १ मेडन राख्दे ४८ रन खर्चिए । ललित राजवंशीले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । गुलशन झाले १ विकेट लिए ।

चर्चामा

सम्बन्धित समाचार