बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • खेलकुद
  • एसीसी प्रिमियर कप आजदेखि : नेपाल र मलेसिया खेल्दै

एसीसी प्रिमियर कप आजदेखि : नेपाल र मलेसिया खेल्दै

  • मङ्लबार, बैशाख ५, २०८०
एसीसी प्रिमियर कप आजदेखि : नेपाल र मलेसिया खेल्दै

काठमाडौं– एसीसी पुरुष प्रिमियर कप आजदेखि नेपालमा सुरु हुँदैछ। नेपालले आज मलेसियासँग खेल्दै छ। एसीसी पुरुष प्रिमियर कप क्रिकेटको पहिलो खेलमा नेपालले मलेसियाको सामना गर्न लागेको हो। यो खेल बिहान साढे ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।

मलेसियासँग अहिलेसम्म खेलेका पाँच खेलमध्ये सबैमा नेपाल विजयी भएको छ। प्रतियोगितामा समूह ए मा नेपालसँगै, ओमान, कतार, मलेसिया र साउदी अरब रहेका छन्।

समूह बीमा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन्। प्रतियोगिताको विजेताले भारत र पाकिस्तानसमेत रहेको एसिया कप खेल्ने छ। समूह बीको पहिलो खेलसमेत आज हुँदैछ। हङकङ र सिङ्गापुर बीचको अर्को खेल बिहान साढे ९ बजे मुलपानी क्रिकेट मैदानमा हुन लागेको हो।

चर्चामा

सम्बन्धित समाचार