बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • तक्मा बाँड्न सरकारले गर्‍यो तीन वर्षमा ३४ करोड ५८ लाख खर्च

तक्मा बाँड्न सरकारले गर्‍यो तीन वर्षमा ३४ करोड ५८ लाख खर्च

  • शनिबार, बैशाख २, २०८०
तक्मा बाँड्न सरकारले गर्‍यो तीन वर्षमा ३४ करोड ५८ लाख खर्च

काठमाडौं–  सरकारले विभूषण तयार गर्न तीन वर्षमा ३४ करोड ५८ लाख खर्च गरेको छ। मानपदवी,अलंकार र पदक तयार गर्न तीन वर्षमा सो रकम खर्च भएको महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदनमा उल्लेख छ। विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु्र्‍याउने व्यक्तिलाई विभूषित गर्न तीन वर्षको अवधिमा चार प्रकारका १२ श्रेणीका मानपदवी, ९ प्रकारका अलंकार र १३ प्रकारका पदक तयार पारिएको हो।

मन्त्रिपरिषदबाट २०७६/७७ मा ६३३ जना , २०७७/०८८ मा ५९३ जना र २०७९ मा ८८७ जनालाई विभूषित गर्ने निर्यण गरेको थियो। यसैगरी २०७९/८०मा ९८२ जनालाई विभूषित गर्ने मन्त्रिपरिषदले निर्णय गरेको थियो। घोषणा गरेका विभूषण तयार गर्न २०७६ मा १५ करोड ८६ लाख ,२०७७/०७८ मा १० करोड २२ लाख र २०७८मा १५ करोड ८६ लाख खर्च भएको प्रतिवेदनमा उल्लेख छ।

विगतमा घोषणा भएमध्येा १७६ मानपदवी,३६ अलंकार र ६२ पदकसमेत २७४ विभूण वितरण नभइ मौज्दात रहेकाले उपयोगमा ल्याउन मिल्ने विभूषणको व्यवस्थापन गर्नुपर्ने महालेखा परीक्षकले औंल्याएको छ। विभूषण तयार गर्न लाग्ने लागत बर्सेनि बढ्दै गएकाले लागतमा कमी ल्याउने र विभूषित हुने संख्या निश्चित गरी खर्चमा नियन्त्रण गर्नेुपर्ने महालेखाको सुझाव छ । विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु्र्‍याउने व्यक्तिलाई सरकारले प्रत्येक वर्ष विभूषित गर्दै आएको छ। अन्नपुर्ण पाेष्टबाट

चर्चामा

सम्बन्धित समाचार