आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • समाचार
  • तीनवटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

तीनवटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

  • बुधबार, चैत्र २९, २०७९
तीनवटा प्रदेशमा  चट्याङसहित वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार तीन वटा प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ।

विभागका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ। बुधबार राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ।

चर्चामा

सम्बन्धित समाचार