• होमपेज
  • समाचार
  • आजको मौसमः कर्णाली, गण्डकी र कोशी प्रदेशको पहाडी क्षेत्रमा पानी पर्ने

आजको मौसमः कर्णाली, गण्डकी र कोशी प्रदेशको पहाडी क्षेत्रमा पानी पर्ने

  • शनिबार, चैत्र २५, २०७९
आजको मौसमः कर्णाली, गण्डकी र कोशी प्रदेशको पहाडी क्षेत्रमा पानी पर्ने

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश ,मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ।

कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन रचट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। राति भने कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ।

कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्गबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार