• होमपेज
  • देश
  • ’ए’ डिभिजन लिग : आज दुई खेल हुँदै

’ए’ डिभिजन लिग : आज दुई खेल हुँदै

  • बिहिबार, चैत्र २३, २०७९
’ए’ डिभिजन लिग : आज दुई खेल हुँदै

काठमाडौं    –       सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको छैटौं चरण अन्तर्गत आज बिहीबार दुई खेल हुँदैछन्। लिग अन्तर्गत बिहीबार एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ। एन्फा कम्प्लेक्समा साविक विजेता मछिन्द्र फुटबल क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ। दुई टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ।

मछिन्द्र आज दोस्रो जितको खोजीमा हुनेछ। मछिन्द्र ५ खेलमा ५ अंक जोडेर ११ औं स्थानमा रहेको छ। हिमालयनविरुद्धको खेलमा मछिन्द्रमा हालै अनुबन्धित भुटानी फरवार्ड चेन्चो ग्याल्सेनले खेल्ने सम्भावना रहेको छ। हिमालयन पनि दोस्रो जितको खोजीमा रहेको छ । हिमालयन ५ अंक जोडेर दशौँ स्थानमा रहेको छ।

\
यस्तै च्यासल मैदानमा त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ। आर्मी र थ्री स्टारबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ। आर्मी आज तेस्रो जितको योजनामा हुनेछ। आर्मी ५ खेलमा ८ अंक जोडेर सातौं स्थानमा रहेको छ। थ्री स्टार पनि तेस्रो जितको खोजीमा हुनेछ। थ्री स्टार ७ अंक जोडेर आठौं स्थानमा रहेको छ।

चर्चामा

सम्बन्धित समाचार