शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • खेलकुद
  • पीएनजी ९५ रनमा अल आउट, सन्दीपको पाँच विकेट

पीएनजी ९५ रनमा अल आउट, सन्दीपको पाँच विकेट

  • सोमवार, फाल्गुन २९, २०७९
पीएनजी ९५ रनमा अल आउट, सन्दीपको पाँच विकेट

काठमाडौँ     –    आईसीसी विश्वकप लिग–A२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) ९५ रनमा अल आउट भएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ३२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ९५ रन बनायो ।

पीएनजीका लागि असाड भालाले सर्वाधिक २० रन बनायो । त्यस्तै सेसे बाउले १८ रन बनाउँदा कार्लेस आमिनी १६, हिरी हिरीले १४ रन बनाउन बाहेक अन्य ब्याट्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक पाँच विकेट लिए । १० ओभर बलिङ गरेका सन्दीपले १ मेडेन ओभरसँगै २५ रन खर्चे ।
नेपालका लागि ललित राजवंसी र कुशल मल्लले दुई–दुई विकेट लिँदा सोमपाल कामीले एक विकेट लिए ।

आजको खेलमा जित निकाल्दै नेपाल सोझै विश्वकप छनोटमा जाने लक्ष्यमा छ । नेपाल लिग २ मा ३४ खेलबाट ३६ अंक छ । यता पीएनजीको ३४ खेलबाट ११ अंक जोडेको छ ।

चर्चामा

सम्बन्धित समाचार