बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • गौमुल गाउँपालिकाकी सुत्केरी महिलाको उद्धार, नवजात शिशुको मृत्यु

गौमुल गाउँपालिकाकी सुत्केरी महिलाको उद्धार, नवजात शिशुको मृत्यु

  • सोमवार, फाल्गुन २९, २०७९
गौमुल गाउँपालिकाकी सुत्केरी महिलाको उद्धार, नवजात शिशुको मृत्यु

बाजुरा — गौमुल गाउँपालिका वडा न २ पौदालीकी एक सुत्केरी महिलाको उद्धार राती उद्धार गरिएकाे छ । राती १२ बजे सुत्केरी ब्यथा लागेकी गौमुल २ पौदालीकी २७ बर्षिया बिमला धामीको अवस्था जटिल बनेको भन्ने खवरपछी गाउँपालिका अध्यक्ष हरी रोकायाले राती नै स्वास्थ्य कर्मी सो ठाउँमा पठाएर उद्धार गरेका हुन । स्थानिय र स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सस्थामा ल्याउँन लाग्दा  बिमला बिचबाटामै सुत्केरी भइन । तर उनको शिशुको पेटमै मृत्यु भईसकेकोले शिशु बचाउन नसकेकाे स्वास्थ्यकर्मीहरुले बताए । पेटमै शिशुको मृत्यु भइसकेकोले बिमलालाई सुत्केरी हुन समस्या भएको स्वास्थ्यकर्मीहरु बताउछन ।
हेलीकप्टर उद्धारका लागि प्रमुख जिल्ला अधिकारी संग समन्वय गरेको भए पनि रातीको समय भएकोले समस्या भएको गौमुल गाउँपालिका अध्यक्ष हरी रोकायाले बताए । हाल बिमलालाई स्वास्थ्य चौकीमा राखीएको र अवस्था सामान्य बन्दै गएको अध्यक्ष रोकायाले बताए । अध्यक्ष रोकायाले राती स्वास्थ्यकर्मीहरु परिचालन नगरको भए आमाको अवस्था जोखीम हुने थियो बच्चालाई जिवित बनाउन नसके पनि आमाको उद्धार भएको अध्यक्ष रोकायाले बताए ।
प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले पनि बिषेश चासोका साथ लिएको भए पनि बच्चालाई जिवित फेला पार्न नसकेकोमा अध्यक्ष रोकायाले दुख ब्यक्त समेत गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार