मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराबाट प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा ७२ जना छनाेट(नामसहित)

बाजुराबाट प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा ७२ जना छनाेट(नामसहित)

  • शुक्रबार, फाल्गुन २६, २०७९
बाजुराबाट प्रदेश स्तरीय राष्ट्रपति  रनिङ शिल्डमा ७२ जना  छनाेट(नामसहित)

टेक बहादुर बुढा, बाजुरा  –  बाजुराबाट सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि  ७२ जना खेलाडी छनोट भएका छन् ।

यही फागुन १२ गतेदेखि १४ गतेसम्म खप्तड छेडेदह ७ स्थित दशरथ मा विमा सम्पन्न भएको १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदेश स्तरीय प्रतियोगिताको लागि छनोट गरिएको जिल्ला खेलकुद समिति अध्यक्ष राकेश थापाले बताएका छन ।

छनोट हुनेमा भलिबलमा छात्रतर्फ याेगेन्द्र साँउद, अर्जुन सिंह, मनाेज शाही, सागर चदारा,रमेश वि क, लाेकेश सार्की, सुनिल सिंह, दिपेन्द्र धामी, पवन गिरी र वैकल्पिकमा यज्ञ नेपाली, तेज सिंह, विनाेद राेकाया छनोट भएका छन् ।

यसैगरी छात्रातर्फ भलिबलतर्फ सुचना अएडी, सरिता बुढा, सुजाता बुढा, शान्ति राेकाया, यमुना राेकाया, निर्जला सार्की, ललिता मिजार, सरिता अएडी र वैकल्पिकमा सभ्यता अएडी, चन्द्रा जाेशी र रिमा थापा छनोट भएकी छन् ।

त्यस्तै कबड्डीमा छात्रतर्फ निराजन खत्री, पारस गिरी, बलराम बिष्ट, बिरेन्द्र अयडी, चिरञ्जीवी साउद, किशोर अयडी, लाेकेन्द्र राेकाया, पवन राेकाया, सन्तोष वि क र वैकल्पिकतर्फ सन्जु वि क गरेर जम्मा १० जना छनोट भएका छन् ।

यसैगरी कबड्डीमा छात्रातर्फ अपेक्षा शाह, सिर्जना बुढा, मिना अयडी, सन्ध्या भारति, प्रवेशिका बाेहरा, पवना थापा, अस्मिता राेकाया, निरुता शाही, कल्पना धामी र वैकल्पिकमा आशिका शाही छनोट भएकी छन् ।

त्यस्तै   एक सय मिटर दौड छात्रतर्फ बडिमालिका नगरपालिकाका राजु वि क, छात्रातर्फ बडिमालिकाकी पुजा थापा रहेकी छन् ।

दुई सय मिटर दौडमा छात्रतर्फ बडिमालिका नगरपालिकाका गणेश वि क, छात्रातर्फ बडिमालिका नगरपालिकाकी पुजा थापा नै छनोट भएकी छन् । चार सय मिटर दौडमा छात्रतर्फ बडिमालिका नगरपालिकाका दिपक रावल छनोट भएका छन् । छात्रातर्फ त्रिवेणी नगरपालिकाकी निर्मला सार्की छनोट भएकी छन् ।

आठ सय मिटर दौडमा छात्रतर्फ बुढिगंगा नगरपालिकाका पारस खत्री छनोट भएका छन् भने छात्रातर्फ त्रिवेणीकी सरिता बुढा छनोट भएकी छन् । एक हजार पाँच सय मिटर दौडका लागि छात्रतर्फ बडिमालिकाका पकज बाेहरा छनोट भएका छन् भने छात्रातर्फ त्रिवेणीकी सरिता बुढा छनोट भएकी छन् ।

तीन हजार मिटर दौडमा छात्रतर्फ त्रिवेणीका जय बुढा छनोट भएका छन् भने छात्रातर्फ खप्तड छेडेदहकी गाैरा धामी छनोट भएकी छन् । हाइजम्पमा छात्रतर्फ त्रिवेणीका अभिषेकअयडी छनोट भएका छन् भने छात्रातर्फ खप्तड छेडेदहकी प्रतिभा बम छनोट भएकी छन् । लङजम्पमा पनि छात्रतर्फ बडिमालिकाका राजु वि क छनोट भएका छन् भने छात्रातर्फ खप्तड छेडेदहकी मनिसा कु कठायत छनोट भएकी छन् ।

त्रिपलजम्पमा छात्रतर्फ बडिमालिकाका राजु वि क छनोट भएका छन् भने छात्रातर्फ खप्तड छेडेदहकी सिर्जना बुढाथोकी छनोट भएकी छन् । ज्याभलिङ थ्रोमा छात्र तर्फ बुढिनन्दाका प्रेम तिरुवा छनोट भएका छन् भने छात्रातर्फ बडिमालिकाकी सिर्जना बुढा छनोट भएकी छन् । सर्टफुटमा छात्रतर्फ गाैमुलका महेन्द्र ल्वार छनोट भएका छन् भने छात्रातर्फ बडिमालिकाकी सिर्जना बुढा छनोट भएकी छन् ।

कराँतेमा छात्रतर्फ ४२ केजी समूहमा सहदेव न्याैपाने , ४७ केजी समूहमा गाैतम खड्का, ५१ केजी समुहमा कृष्ण जैशी छनोट भएका छन् ।
यसैगरी कराँतेमा छात्रातर्फ ४० केजी समूहमा राजेश्वरी राेकाया , ४५ केजी समूहमा प्रतिक्षा बाेहरा, ५० केजी समूहमा मनिका धराला छनोट भएकी छन् ।

यसैगरी एकलकातामा नवीन थापा र जनवरी राेकाया छनोट भएका जिल्ला खेलकुद समिति प्रमुख लक्ष्मी बडुवालले बताएकी छन । जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न भएपनि प्रदेश स्तरीय प्रतियोगिताको मिति भने टुङ्गो नलागेको  बताइएकाे छ  ।

No description available.No description available.No description available.No description available.

चर्चामा

सम्बन्धित समाचार