आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • समाज
  • ७८ जना यात्रु सवार श्री एयरलाइन्सको इञ्जिनमा आगलागीपछि आकस्मिक अवतरण

७८ जना यात्रु सवार श्री एयरलाइन्सको इञ्जिनमा आगलागीपछि आकस्मिक अवतरण

  • बिहिबार, फाल्गुन २५, २०७९
७८ जना यात्रु सवार श्री एयरलाइन्सको इञ्जिनमा आगलागीपछि आकस्मिक अवतरण

काठमाडौं   –    काठमाडौंबाट भैरहवातर्फ उडेको श्री एयरलाइन्सको जहाजको दायाँ इन्जिनमा आगलागीपछि
काठमाडौँमा आकस्मिक अवतरण गरिएको छ ।

आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवाका लागि उडेको श्री एयरलायन्सको जहाजको दाहिने इञ्जिनमा आगलागी भएपछि घादिङको आकाशबाट जहाज डाईभर्ट गरेका काठमाडौंमा अवतरण गरिएको छ ।

भएको हो । मल्टि इन्जिन भएको उक्त जहाज सिंगल इन्जिनको मद्दतमा काठमाडौं फर्काइएको हो । विमानमा रहेका क्रु सहित ७८ जना यात्रु सवार रहेको र अहिले उनीहरुलाई अर्काे उडानमार्फत भैरहवा पठाउन लागिएको श्रीयरलाइन्समा महाप्रवन्धक अनिल मानन्धरले बताए ।

यात्रुहरु सकुशल रहेको रहेको जहाजमा आएको प्राविधिक समस्याबारे परिक्षण सुरु गरिएको उनको भनाई छ ।
उडान नम्बर ८२१ को जहाजको इन्जिनमा आगो देखिएको भन्दै चालक दलका सदस्यले टावरलाई जानकारी गराएपछि आकस्मिक अवतरणको लागि विमानस्थलको धावनमार्ग खालि गरिएको थियोे । अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सुचारु रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार