मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • देश
  • राष्ट्रिय जनगणनाको पूर्ण विवरण छिट्टै

राष्ट्रिय जनगणनाको पूर्ण विवरण छिट्टै

  • शनिबार, फाल्गुन २०, २०७९
राष्ट्रिय जनगणनाको पूर्ण विवरण छिट्टै

काठमाडौंं   –     राष्ट्रिय तथ्यांक विभागले राष्ट्रपति निर्वाचनलगत्तै राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । निर्वाचन आयोगले २०६८ सालकै जनगणनाका आधारमा राष्ट्रपति निर्वाचन गर्न लागेको र निर्वाचनपश्चात् पूर्ण विवरण सार्वजनिक गरिने राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले जनगणनाको पूर्ण विवरण सार्वजनिक गर्न सबै तयारी पूरा भइसकेको बताउनुभयो । कार्यालय प्रमुखमा विशिष्ट श्रेणीका सचिव रहने व्यवस्था भए पनि अहिले पद रिक्त छ । राष्ट्रपति निर्वाचनपश्चात् कार्यालयले सचिव प्राप्त गर्ने अपेक्षा गर्दै त्यसपछि पूर्ण विवरण सार्वजनिक हुने उहाँले बताउनुभयो ।

यसअघि सहसचिव कार्यालय प्रमुख रहने व्यवस्था भएकोमा गत असोजमा राष्ट्रिय तथ्यांक ऐन जारी भएसँगै कार्यालय प्रमुख सचिव रहने व्यवस्था गरिएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेको छ ।

कार्यालयले गत माघमा जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गरेको थियो । उहाँका अनुसार जनगणनाको विस्तृत विवरणमा सामाजिक अवस्था, देशको भाषा, अपाङ्गता भएका व्यक्ति, नागरिकको आर्थिक, रोजगारीमा संलग्न व्यक्तिहरूको अवस्था, बेरोजगार व्यक्तिको अवस्थालगायतका विवरण विस्तृत रूपमा आउनेछ । सङ्घ, प्रदेश र स्थानीय तहका छुट्टाछुट्टै प्रतिवेदन सार्वजनिक गरिने कार्यालयले जनाएको छ । आजको नागरिक दैनिकबाट

चर्चामा

सम्बन्धित समाचार