• होमपेज
  • समाज
  • पर्वतमा स्थानीयले समातेको चितुवा मर्‍यो

पर्वतमा स्थानीयले समातेको चितुवा मर्‍यो

  • शुक्रबार, फाल्गुन १९, २०७९
पर्वतमा स्थानीयले समातेको चितुवा मर्‍यो

काठमाडौं  –      पर्वतमा स्थानीयबासिन्दाले नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएको चितुवा मरेको छ ।

पर्वतको फलेवास नगरपालिका २ गहतेमा शुक्रबार बिहान एउटा चितुवालाई स्थानीयले नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएका थिए ।

तर वन कार्यालयमा बुझाएको केही समयपछि नै उक्त चितुवा मरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रकाश रावतले जानकारी दिए । उनका अनुसार उक्त चितुवाले बिहान बिहानमात्रै एकजना महिलालाई आक्रमण गरी सामान्य घाइते बनाएको थियो ।

‘बिहान एकजना महिलालाई आक्रमण गरेको रहेछ । महिलाको अवस्था सामान्य नै छ,’ रावतले अनलाइनखबरसँग भने, ‘पछि त्यही चितुवालाई अर्धचेत अवस्थामा वन कार्यालयमा बुझाएकोमा मरेको खबर पाएका छौं ।’

चितुवालाई बिहान करिब १० बजेतिर स्थानीयले नियन्त्रणमा लिएका थिए ।

२ वर्षअघि पवर्तमै एक चितुवालाई नियन्त्रणमा लिएर स्थानीयले घाँटीमा डोरी बाँधेर डोर्‍याउँदै बजार डुलाएका थिए । प्रहरीले नै चितुवालाई घाँटीमा डोरी बाँधेर डोर्‍याउँदै बजार डुलाएको तस्वीर तथा भिडियो सामाजिक सञ्जालमा राखेपछि भाइरल बनेको थियो ।

चर्चामा

सम्बन्धित समाचार