शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • बैंकविरूद्ध हुने गलत गतिविधि रोक्न सबै जिल्ला प्रशासनलाई गृह मन्त्रालयको निर्देशन

बैंकविरूद्ध हुने गलत गतिविधि रोक्न सबै जिल्ला प्रशासनलाई गृह मन्त्रालयको निर्देशन

  • शुक्रबार, फाल्गुन १९, २०७९
बैंकविरूद्ध हुने गलत गतिविधि रोक्न सबै जिल्ला प्रशासनलाई गृह मन्त्रालयको निर्देशन

काठमाडौं   –   बैंक तथा वित्तीय संस्थाहरु विरूद्ध हुने गलत गतिविधि रोक्न देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई गृह मन्त्रालयले निर्देशन दिएको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध भइरहेको स‌ंगठित आक्रमणको प्रयासपछि गृह मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

बैंक तथा वित्तीय संस्थाको सुरक्षाका लागि चनाखो भएर सुरक्षा प्रबन्ध गर्न र त्यस्तो गतिविधिहरुमाथि निगरानी बढाउन निर्देशन भएको गृह सचिव विनोदप्रसाद सिंहले अनलाइनखबरलाई जानकारी दिए ।

१ फागुनमा विवादस्पद छविका व्यवसायी दुर्गा प्रसाईंले झापामा सभा गर्दै बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने चेतावनी दिएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाहलाई मञ्चमा राखेर उनले बैंकका कर्मचारीलाई कालोमोसो दल्ने दस्ता नै तयार भएको बताउँदै २० लाखसम्मको ऋण मिनाहा हुनुपर्ने र बैंकमा कार्यरत कर्मचारीलाई च्याप्प समातेर कालोमोसो दल्ने चेतावनी दिएका थिए ।

प्रसाईंले बैंक, लघुवित्त र सहकारी संस्थालाई २० लाख रुपैयाँसम्मको कर्जा मिनाहा गर्नुपर्ने भन्दै त्यसो नगरे तत्–तत् संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने चेतावनी दिएका थिए । ‘ती कर्मचारीलाई कालोमोसो दल्दा केही हुँदैन, पुलिसले हिरासतमा लगेर चार–पाँच दिन राख्ने न हो’ उनले भनेका थिए ।

‘सतिश पोख्रेलको नेतृत्वमा देशभरि कालोमोसो दल्ने समूह बनाएका छौं,’ झापामा दुई साताअघि प्रसाईंले भनेका थिए, ‘२० लाखसम्मको ऋण मिनाहा हुनुपर्छ । लघुवित्तका मान्छे गाउँमा आए भने च्याप्प समाउने, कालोमोसो दल्ने । बैंकका कर्मचारीले टर्चर गरे भने बैंकको बाहिर रुँघेर बस्ने र कालोमोसो दल्ने । बैंकको भित्र छिर्‍यो भने पो मुद्दा लाग्छ !’

चर्चामा

सम्बन्धित समाचार