सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • खेलकुद
  • तीन दिने ‘बुलेट बाइक यात्रा’ सम्पन्न

तीन दिने ‘बुलेट बाइक यात्रा’ सम्पन्न

  • मङ्लबार, फाल्गुन ९, २०७९
तीन दिने ‘बुलेट बाइक यात्रा’ सम्पन्न

अर्थ जङ्ग शाही — रोयल इफिल्ड बुलेट बाइक प्रयोग गर्ने युवाहरूले आन्तरिक पर्यटन प्रबर्द्धन र भाइचाराको सम्बन्ध विस्तार गर्न तिन दिने बाइक यात्रा सम्पन्न गरेका छन् ।

गत शुक्रबार ५ गते बिहान ८ बजे देखी सुरु गरेकाे बाईक यात्रा ७ गते बिहान काठमाडौं फर्किएकाे कुरा बुलेट बाईक राईडरका क्याप्टेन प्रकाश देव गिरीले जानकारी दिए।

काठमाडौंको सुकेधारामा रहेको बुलेट बाईक सम्बन्धि मात्रै काम गर्ने अथोराईज सर्भिस सेन्टर जेरो ईन्जिनियरिङ् मोटरसाईकल प्राईभेट.लिमिटेड सेन्टरको आयोजनामा बाइक यात्रा सम्पन्न गरिएको एमडि जीवन थापाले जानकारी दिनुभयो।

काठमाडौ बाट फागुन ५ गते बिहान ८ बजे देखि सुरु भएको बुलेट बाईक काे यात्रा सम्पन्न भएको छ । उक्त राईड मा लगभग ३३ बटा बुलेट बाईक राईडर सहित करिव ५३ जनाकाे उपस्थिति रहेकाे राईडर का क्याप्टेन प्रकाश देब गिरी ले जानकारी दिए , ४० बटा बाईक र ६० जनाकाे उपस्थिति रहने भनिए पनि अन्य कम्पनी काे पनि राईड रहेकाले ३३ बटा बाईक र ५३ जनाकाे उपस्थिति मात्र रहेको राईडर क्याप्टेन अंकुर अर्यालले बताउनु भयाे।

नेपाली काङ्ग्रेस क्षेत्र नं ५ काठमाडौ का माननिय श्री सांसद प्रदिप पाैडेलले खादामाला सहित उक्त राइड लाई बिदाई गरेकाे कुरा जेराे ईन्जिनियरिङ माेटरसाईकल प्राईभेट लिमिटेडका एमडि बिक्रम भट्टराईले जानकारी दिनुभयाे।

काठमाडौ देखि सुरु भएको यात्रा घले गाउँ पुगेर बास बसेकाे र त्याे बिचमा लमजुङ मा रहेको श्री शैलपुत्रि मा बि राईनस-०५ लाई शैक्षिक सामग्री र खेलकुद सामग्री पनि हस्तान्तरण गरेकाे थियाे भने दाेस्राे दिन ६ गते साेहि लमजुङ घले गाउँ घुमेर लमजुङमै रहेको अर्को ठाउँ धानापाेखरा बाटै फिर्ता भए , भुजुङ जाने भनेको भएतापनि बाटाे एकदमै बिग्रेको ले घानापाेखरा बाटै फर्केर लमजुङ बेसि सहर हाेटेल द जेट वे मा बास बसेर ७ गते बिहान उक्त ठाउँबाट सिद्धार्थ हाेटेल कुरिनटार मा खाना खाई काठमाडौं फर्केको एमडि जीवन थापाले बताउनु भयाे, भने साे बिचमा लमजुङ मै रहेको श्री शैलपुत्री मा बि धमिलिकुवा लमजुङ लाई शैक्षिक सामग्री समेत जेराे ईन्जिनियरिङले सहयोग गरेकाे हाे , भने ७ गते बिहान काठमाडौ फर्किएका छन् ,आफ्नाे स्थापना काले देखि नै बिभिन्न च्यारिटि राईड गर्दै आएकाे जेराे ईन्जिनियरिङ माेटरसाईकल प्रालिले सधैं झै याे बर्ष पनि कार्यक्रम सम्पन्न गरेको छ।

चर्चामा

सम्बन्धित समाचार