सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • खेलकुद
  • ज्ञानेन्द्र र आशिफको कीर्तिमानी साझेदारीमा नामिबियामाथि नेपालको जित

ज्ञानेन्द्र र आशिफको कीर्तिमानी साझेदारीमा नामिबियामाथि नेपालको जित

  • शनिबार, फाल्गुन ६, २०७९
ज्ञानेन्द्र र आशिफको कीर्तिमानी साझेदारीमा नामिबियामाथि नेपालको जित

काठमाडौं –    आईसीसी विश्व क्रिकेट लिग टु अन्तर्गतको खेलमा शनिबार नेपालले नामिबियालाई ‍‍३ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले १५ बल बाँकी छँदा ७ विकेट गुमाएर पूरा गर‍्‍यो ।

योसँगै कीर्तिपुर मैदानमा भएको लिग टु अन्तर्गतको आफ्नो तीनवटै खेल नेपालले जितेको छ ।

शनिबारको खेलमा नेपाललाई जिताउन ब्याटिङतर्फ आशिफ शेखले ८१, ज्ञानेन्द्र मल्लले ६५, कुशल मल्लले ६२ र रोहित पौडेलले ३९ रन बनाए । शनिबारको खेलमा नेपालका आशिफ शेख र ज्ञानेन्द्र मल्लले दोस्रो विकेटका लागि गरेको १३९ रनको साझेदारी एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै ठूलो साझेदारी हो ।

चर्चामा

सम्बन्धित समाचार