शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • राष्ट्रिय प्रशारण लाइनका पाेल गाडेकाे ३बर्षसम्म पनि बिजुली बल्न सकेन

राष्ट्रिय प्रशारण लाइनका पाेल गाडेकाे ३बर्षसम्म पनि बिजुली बल्न सकेन

  • मङ्लबार, माघ २४, २०७९
राष्ट्रिय प्रशारण लाइनका पाेल गाडेकाे ३बर्षसम्म  पनि बिजुली बल्न सकेन

टेक बहादुर बुढा, बाजुरा  –  बुढिगंगा नगरपालिका ६ बाम्का बजार हुँदैे खप्तड छेडेदह गाउँपालिकाका ४ सम्म जाेडिएकाे राष्ट्रिय प्रशारण लाईनका पाेल गाडेकाे ३ बर्षसम्म पनि बिजुली बल्न सकेका छैनन् ।

बाम्का बजारदेखि खप्तड छेडेदह गाउँपालिकाकाे डाेगडी प्रहरी चाैकी आसपास सम्म करिब ३ बर्ष अगाडि बिद्युतका पाेलहरु गाडिएका भएपनि अहिलेसम्म बिजुली बल्न नसकेको त्याँहाका स्थानीयहरुले बताएका छन । अहिले त्याँहा गाडिएका पाेलहरु सबै ढलेका र पाेलमा बाधिएका तारहरु पनि सबै सडकमा जथाभावी फालिएकाे अवस्थामा रहेका बताइएको छ ।

वडाका केही टाेलहरुमा बार्जुगाड लघु जलबिद्युतबाट बिद्युत लाइन जाेडिएकाे भएपनि बर्षातमा नहर भत्किने र हिउँदकाे समयमा पानी कम भएकाले एउटा माेबाइल समेत चार्ज नहुने गरेकाे स्थानीय मन बहादुर धामीले बताएका छन । उनले भने धेरै समयपछि गाउँमा राष्ट्रिय प्रशारण लाइन जाेडियाे भन्दै खुसी भयाै तर ३ बर्षसम्म पाेलमात्र गाडियाे तर बिजुली बल्न सकेको छैन ।

बिजुली पावर नआउने भएकाले गाउँ खाेलिएका मिलहरु पनि ठप्प अवस्था रहेका स्थानिय धामीले बताए । गाउँ नजिकैका बिजुली हिउँदकाे समयमा कहिलेकाही आएपनि बर्षातकाे समयमा नहर लिएर अध्याराेमा बस्नुपर्ने बाध्यता हुने गरेकाे स्थानीयकाे भनाइ रहेकाे छ । वडामा बिजुलीको अवस्था नाजुक हुँदा पनि कसैले पहल नगरेकाे स्थानिय हरुकाे दुखेसाे रहेकाे छ ।

यस बिषयमा वडा अध्यक्ष दल बहादुर रावतले भने वडामा राष्ट्रिय प्रशारण लाईनका पाेलहरु गाडिएका भए पनि बिजुली नबलेकाले वडाबाट पहल गरिरहेकाे बताए । आफूले यस बिषयमा गाउँपालिकामा पत्राचार गरेकाे भए पनि अहिलेसम्म केही काम नभएको अध्यक्ष धामीले बताए । उता खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिल बहादुर रावतले भने ठेकेदार सम्पर्कमा नआएकाले काम अगाडि बढ्न नसकेको बताएका छन । उता वडा नंः ५ मा  पाेल गाडेकाे  बर्षाै बितिसक्दा पनि बिजुली बल्न नसकेको त्याँहाका स्थानीयहरुले बताएका छन । ठेकेदारकाे चरम लापरबाहीले गर्दा काम राेकिएकाे स्थानीयकाे भनाइ रहेकाे छ।

चर्चामा

सम्बन्धित समाचार