शुक्रबार, फाल्गुन १, २०८२
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • प्रेस चौतारीको स्थापना दिवस बाजुरामा बिबिध कार्यक्रम गरि मनाईने

प्रेस चौतारीको स्थापना दिवस बाजुरामा बिबिध कार्यक्रम गरि मनाईने

  • बिहिबार, माघ १९, २०७९
प्रेस चौतारीको स्थापना दिवस बाजुरामा बिबिध कार्यक्रम गरि मनाईने

प्रेस चौतारी नेपाल बाजुराले आफ्नो २५ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । मंगलबार बसेको प्रेस चौतारी बाजुराको बैठकले स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाउने निणर्य गरेको हो ।

प्रेस चौतारी नेपाल बाजुराले स्थापना दिवस यहीँ माघ २२ गते बाजुराको समग्र विकासका लागि जिल्लाका ९ वटै स्थानीय तहका जनप्रतिनिधिहरुसंग विकासमा ‘चौतारी बहस’ सञ्चालन गर्नुका साथै अन्य विविध कार्यक्रमका साथ मनाउने निणर्य गरिएको सचिव रमित विकले बताएका छन् ।

बैठकले प्रेस चौतारीका संस्थापक स्वग्रिय बिनोद कुमार विकको स्मृतिमा प्रदान गर्दै आएको उक्त पत्रकारिता पुरस्कार यस वर्षपनि दुई जना उत्कृष्ट क्रियाशील पत्रकारलाई पुरस्कृत गर्ने निणर्य गरेको सचिव विकले जानकारी बताएका छन ।  साथै प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश कमिटीको कञ्चनपुरको दोधाँरा चाँदनीमा पौष ६ गते सम्पन्न प्रदेशको विस्तारित बैठकबाट २० बुदेँ घोषणा पत्रको कार्यान्वयन गर्ने समेत निणर्य गरिएको छ ।

प्रेस चौतारी नेपाल बाजुराका अध्यक्ष मदन विकको अध्यक्षतामा बसेको बैठकमा प्रेस चौतारी नेपाल केन्द्रीय सदस्य बसन्त विश्वकर्मा, प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्ण ओली, सचिवालय सदस्य पदम सिंह, प्रदेश सदस्य लक्ष्मीराज पाध्याय, केन्द्रीय पार्षद मदन राज जैशी लगायतको उपस्थिति रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार