शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • नेपाली सेनाद्धारा बाजुराका एनसिसि बिद्यार्थीहरुलाइ रिफ्रेशर तालिम संचालन

नेपाली सेनाद्धारा बाजुराका एनसिसि बिद्यार्थीहरुलाइ रिफ्रेशर तालिम संचालन

  • बिहिबार, माघ १९, २०७९
नेपाली सेनाद्धारा बाजुराका एनसिसि बिद्यार्थीहरुलाइ रिफ्रेशर तालिम संचालन

बाजुरा — नेपाली सेनाद्धारा बाजुराका राष्ट्रिय सेवा दल (एनसिसि) शिद्यार्थीहरुलाइ ४ दिने रिफ्रेशर तालिम संचालन गरिएको छ । राष्ट्रिय सेवा दल (एनसिसि) का तालिम प्राप्त शिक्षार्थीहरुलाई सामाजिक सेवाको बारेमा थप उर्जा दिन सो तालिमको आयोजना गरिएको हो ।
तालिम बाजुरा जिल्ला श्री दुर्गा भञ्जन गुल्म थापाथली व्यारेकमा आयोजना गरिएको दुर्गा भञ्जन गुल्म थापाथली व्यारेकका गुल्मपती दिवाकर खड्काले बताएका छन । तालिममा मालिका माध्यामिकि बिद्यालय र बडिमालीका माध्यामिक बिद्यालयका राष्ट्रिय सेवा दल (एनसिसि) शिक्षार्थीहरु सहभागी गराई ४ दिने रिफ्रेशर तालिम सञ्चालन गरिएको गुल्मपती खड्काले बताए । यस्तो तालिमले राष्ट्रियता र अनुशासन सिकाउनुका साथै दैवी प्रकोपको वेला स्वयमसेवीका रुपमा समेत तालिम प्राप्त छात्र छात्रालाई प्रयोग गर्न सकिने दुर्गा भञ्जन गुल्मका गुल्मपती खड्काको भनाई रहेको छ ।

No description available.
सो तालिममा तालिममा पि.टी., तेक्वान्दो, ड्रिल, खुकुरी ड्रिल, नेपाली सेना तथा भर्ना प्रकृया सम्बन्धी कक्षा संचालन गरिएको गुल्मपती खड्काले बताएका छन । सो तालिमले राष्ट्रिय सेवा दल (एनसिसि) तालिम पश्चात समाजमा थप जिम्मेवारी बहन गर्न सकुन भन्ने उदेस्यका साथ सो तालिमको आयोजना गरिएको गुल्मपति सेनानी खड्काको भनाई रहेको छ । सो तालिमले बिद्यार्थीहरुमा थप उर्जा थप हुनुका साथै रिफ्रेशर हुने गुल्मपति सेनानी खड्काको भनाई रहेको छ ।

No description available.
राष्ट्रिय सेवा दल (एनसिसि) का शिक्षार्थीहरुले सो तालीमले थप टेवा पुगेको बताएका छन । शिक्षार्थीहरुले यस अघि राष्ट्रिय सेवा दल (एनसिसि) तालीम लिएको भए पनि सो तालीमबाट थप सामाजीक जिम्मेवारी बनाएको बताएका छन । उक्त तालिमले हामीलाई मानसिक तथा शारिरिक रूपमा तन्दुरूस्त बनाउनुका साथै सामाजिक सेवामा लाग्ने उत्प्रेण जगाएको उनिहरुले बताएका छन ।
बिद्यार्थीहरुको व्यक्तित्व विकास तथा क्षमता अभिवृद्घि गरी असल नागरिक बनाई राष्ट्र विकासमा सहयोग गर्ने तालिमको उद्देश्य रहेको छ ।

No description available.

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार