शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • जस्तो सरकार उस्तै व्यबहार देशमा

जस्तो सरकार उस्तै व्यबहार देशमा

  • सोमवार, माघ १६, २०७९
जस्तो सरकार उस्तै व्यबहार देशमा

जस्तो कर्म गर्छौँ उस्तै फल पाउछौँ,
पौरखको परिणाम अव्बल पाउछौँ।

जति शंघर्ष गर्छौँ उत्ति खारिने हामी,
खारिए यथार्थमै सधै अटल पाउछौँ।

धेरैजसो अवसरबादी देखियो याहाँ,
उता खाइ यता झनै दलदल पाउछौँ।

जस्तो सरकार उस्तै व्यबहार देशमा,
छर्ने वेलामा न बिउ नत मल पाउछौँ।

हिंउदभरी नै खडेरीभयो परिन पानी,
खै सिंचाइकै लागी नत जल पाउछौँ।

भन्नलाई भन्छन सरकार छ देशभित्र,
नागरिकले न समस्यको हल पाउछौँ।

यो स्वाहस आसै आसमा जाने भयो,
घर घर मै राजनीतिको भल पाउछौँ।

जिन्दगी के रहेछ र एक मुट्ठि स्वाहस्,
आँमाको मयाँ मात्र निश्चल पाउछौल।

चर्चामा

सम्बन्धित समाचार