बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • गौमुल गाउँपालिकाले ‘गौमुल प्रहरी’ बनाउँदै

गौमुल गाउँपालिकाले ‘गौमुल प्रहरी’ बनाउँदै

  • शुक्रबार, माघ १३, २०७९
गौमुल गाउँपालिकाले  ‘गौमुल प्रहरी’ बनाउँदै

बाजुरा — गौमुल गाउँपालिकाले ‘गौमुल प्रहरी’ गठन गर्ने भएको छ । गाउँपालिकाको सार्वजनिक सम्पत्तिको सुरक्षा तथा गाउँ पालिकामा शान्ति सुरक्षा कायम गर्न प्रहरी गठन गर्ने अध्यक्ष हरिबहादुर रोकायाले बताएका छन् ।

गाउँपालिकाको १२ औं अधिवेशनले गौमुल प्रहरी गठन तथा सञ्चालन सम्बन्धी कार्यविधि २०७६ बमोजिमलाई गाउँ सभाबाट अनुमोदन गरिएको प्रवक्ता देव बहादुर रोकायाले बताएका छन् ।
आफ्नो गाउँको सुरक्षा यहाँकै नागरिकले गरुन् भन्ने उद्देश्यका साथ यस्तो निर्णय गरिएको हो । उक्त कार्यविधि र गौमुल गाउँपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनको आधारमा प्रहरी गठनको काम थालनी गर्न गाउँ कार्यपालिकालाई अनुमति प्रदान गर्ने निर्णय गाउँ सभाबाट गरिएको छ ।

पालिका भित्रका सार्वजनिक सम्पत्तिको रक्षा, विकास निर्माणमा हुने अवरोधको सामना, सभा–सम्मेलनलाई व्यवस्थित बनाउन गाउँ प्रहरी गठनको आवश्यकता देखिएको गाउँपालिकाका अध्यक्ष हरि बहादुर बताए ।

‘नेपाल प्रहरी माथिल्लो तहमा हुन्छ, उसले स्थानीय तहमा हुने साना तिना सामुदायिक काममा हातहाल्न नमिल्ने पनि हुने भएका कारण त्यस्तो अवस्थामा हामीलाई गाउँ प्रहरी चाहिने भएकाले स्थानीय तहलाई दिईएको अधिकार उपयोग गर्ने निर्णय गरिएको उनले बताए । गाउँ प्रहरी संगठनमा कति जना सम्म प्रहरी रहने भन्ने संगठन तथा व्यवस्थापन सर्वेक्षण पछि गरिने बताईएको छ ।

गाउँपालिकामा हुने दैवीप्रकोप बाढी पहिरो, महामारी जस्ता विपद् जन्य कार्यमा सघाउन, गाउँपालिकामा सुरक्षा व्यवस्था कडा बनाउन, गाउँपालिकाबाट जारी गरिएको मदिरा व्यवस्थापनको नीतिलाई थप कडाईका साथ व्यवस्थापन गरी कार्यान्वयन गर्न, गाउँपालिकाको वन पैदावार, चोरी पैठारी रोक्न र अवैध गाउँपालिकामा घुम्ती व्यापारीको रुपमा आएर ठगी गर्ने घुम्ती व्यापारीलाई व्यापार गर्न नदिने गरी ‘गौमुल प्रहरी’ व्यवस्थापन गर्ने कार्यविधी बहुमतका सात पारित गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार