शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • सामाजिक कुरिति बिरुद्ध बृहत जनचेतनामूलक सांस्कृतिक कार्यक्रम सम्पन्न

सामाजिक कुरिति बिरुद्ध बृहत जनचेतनामूलक सांस्कृतिक कार्यक्रम सम्पन्न

  • आइतवार, माघ ८, २०७९
सामाजिक कुरिति बिरुद्ध बृहत जनचेतनामूलक सांस्कृतिक कार्यक्रम सम्पन्न

टेक बहादुर बुढा–“बालबालिकाको आवद्धता, उज्ज्वल भबिष्यकाे सुनिश्चितता ” भन्ने मुल नाराका साथ सामाजिक कुरिति बिरुद्ध बृहत जनचेतनामूलक सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । खप्तड छेडेदह गाउँपालिका ३ वडा स्तरीय बाल सञ्जालकाे आयाेजनामा र ३ नं: वडा कार्यालयकाे आर्थिक सहयाेगमा उक्त सांस्कृतिक कार्यक्रम गरिएको हाे ।

वडा स्तरीय बाल सञ्जालका अध्यक्ष बिरेन्द्र धामीकाे अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अथिति खप्तड छेडेदह गाउँपालिकाका उपाध्यक्ष बिसु नाथ रहेकी थिइन । बिशिष्ट अथितिमा वडा नं: ३ का अध्यक्ष बिर्क बहादुर रावत, महिला वडा सदस्य सुन्दरा खड्का, ईश्वरी कठायत, वडा सदस्य मन बहादुर धामी रहेका थिए ।

त्यस्तै अथितिमा महिला बिकास मञ्च GFF परियोजनाका सहजकर्ता देव बहादुर सेराला, कार्यपालिका सदस्य कर्ण मिजार, गाउँपालिकाका कर्मचारी लगायत अन्य व्यक्तित्वहरु रहेका थिए ।
उक्त सांस्कृतिक कार्यक्रममा कार्यक्रममा सामाजिक कुप्रथाका रुपमा रहेको बालविवाह, छुवाछूत, छाउपडीप्रथा, लैङगिक हिंसा, बाल श्रम, धामी झाक्री विरुद्ध नृत्य, सडक नाटक र बक्तत्वकला प्रतियोगिता जस्ता कार्यक्रम गरिएको बाल सञ्जालका अध्यक्ष बिरेन्द्र धामीले बताए ।

विभिन्न सचेततामुलक कार्यक्रम मार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने र सामाजिक कुरितिहरुकाे न्यूनीकरणमा सहयोग पुगोस् भन्ने उदेश्यले कार्यक्रम गरिएको अध्यक्ष धामीले बताए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले सामाजिक कुरुती र कुसंस्कारका बिरुद्ध बालबालिका मात्र नभैई सवैले प्रतिबद्ध भएर लाग्नु पर्ने कुरामा जोड दिएका थिए।
सामाजिक समस्याहरुको समाधानका लागी आफुले अथवा आफ्नै घरबाट सुरु गर्नु पर्ने बताएका थिए ।

कार्यक्रममा विशिष्ट अथितिकाे आसनमा बाेल्दै वडा अध्यक्ष बिर्क बहादुर रावतले भने समाजमा रहेका समाजिक बिकृति बिसङगति मध्ये बर्तमान समाजमा बालबिवाह प्रमुख समस्याका रुपमा रहेका बताए । गाउँपालिकाकाे सबैभन्दा धेरै बालबिवाह वडा नंः ३ मा तिब्र रुपमा बढिरहेकाले सबैले यस बिषयमा बिशेष जाेड दिनुपर्ने बताए ।

बालबिवाह न्यूनिकरणमा सबैभन्दा पहिले स्वयम् बालबालिकाले अन्तरमन देखि म बालबिवाह गर्दिन, त्यस्तो कार्यमा संलग्न हुदैन र कसैले गरेकाे पाएमा त्यसको प्रतिकार गर्छु भन्ने मनाेभावना राखेर लाग्नु पर्ने कुरामा जाेड दिए । वडा अध्यक्ष रावत ले भने समाजका समाजिक कुरितिहरुकाे न्यूनिकरणका साथै बालबालिकाहरुको हक अधिकार सुनिश्चितताका लागि सधै प्रतिबद्ध रहेकाे बताएका छन ।
त्यस्तै प्रमुख अथितिकाे आसनमा बाेल्दै गाउँपालिकाका उपाध्यक्ष बिसु नाथले भने बालबिवाह जस्ता समाजिक कुसंस्कारहरुलाई हाम्रो समाजबाट निवारण गर्न बालबालिका मात्र नभएर सम्पुर्ण ले एक जुट भएर लाग्नु पर्न बताए । बालबिवाह जस्ता समाजिक समस्या आफूले पनि बालबालिकाकाे उमेरमा भाेग्दै आएकाे र यसलाई न्यूनिकरण गर्न पनि सुरुमा स्वयम् व्यक्तिले लाग्नुपर्ने बताईन ।

समाजिक कुरिति, बालबालिका तथा महिला माथि हुने हिंसाका बिरुद्ध आफू सधैं गाउँपालिकामा आवाज उठाउदै आएकाे र आगामी दिनमा पनि सधै प्रतिबद्ध भएर लाग्ने समेत उपाध्यक्ष नाथले प्रतिबद्धता व्यक्त गरेकी छन । समाजिक कुरिति र कुसंस्कार हरुकाे न्यूनिकरणमा सकारात्मक सन्देश प्रवाह हाेस भन्ने उदेश्यले पालिकाका केही वडाहरुले विभिन्न कार्यक्रम गरिसकेको र केही वडाहरुले गर्न बाकी रहेकाे र बाल सञ्जालले समय समयमा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएकाे गाउँपालिका स्तरिय बाल सञ्जालका अध्यक्ष सनम सुनारले बताए ।

उक्त सांस्कृतिक कार्यक्रममा विभिन्न राजनीति दलका प्रमुख एवम् प्रतिनिधि, संघ सस्थाका प्रमुख एवम् प्रतिनिधि, स्थानीय बुद्धिजीवी, समाजसेवी, पत्रकार लगायत स्थानियहरुकाे उपस्थिति रहेको थियो । कार्यक्रमकाे सञ्चालन कलक रावतले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार