शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • ६ विकास बैंक र ४ फाइनान्स कम्पनीलाई राष्ट्र बैंकले गर्‍यो कारबाही

६ विकास बैंक र ४ फाइनान्स कम्पनीलाई राष्ट्र बैंकले गर्‍यो कारबाही

  • बुधबार, माघ ४, २०७९
६ विकास बैंक र ४ फाइनान्स कम्पनीलाई राष्ट्र बैंकले गर्‍यो कारबाही

काठमाडौँ — नेपाल राष्ट्र बैंकले ६ विकास बैंक र ४ फाइनान्स कम्पनीहरुलाई कारबाही गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तोकिएको मापदण्ड पूरा नगरेका यी १० कम्पनीलाई नियामक राष्ट्र बैंकले कारबाहीस्वरुप जरिवाना तिराएको हो ।

कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट र सप्तकोसी विकास बैंकलाई तोकिएको कर्जा निक्षेप अनुपात कायम नगर्दा कारबाहीस्वरुप जरिवाना गरिएको राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ । त्यस्तै सालपा विकास बैंक र कर्णाली विकास बैंकलाई अनिवार्य मौज्दात अनुपात कायम नगर्दा कारबाहीस्वरुप जरिवाना गरिएको छ । विपन्न वर्गको कर्जा शिर्षकमा पनि मापदण्ड पूरा नगरेपछि कर्णाली विकास बैंक थप जरिवानामा परेको छ ।

त्यस्तै फाइनान्स कम्पनीहरुमा नेपाल, जानाकी र समृद्धिलाई तोकिएको कर्जा निक्षेप अनुपात कायम नगर्दा जरिवाना गराइएको छ । प्रोग्रेसिभ फाइनान्सलाई भने अनिवार्य मौज्दात अनुपात कायम नगर्दा जरिवाना गराइएको छ ।

चर्चामा

सम्बन्धित समाचार