मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • बडिमालिका
  • मार्तडीलाई फोहर र प्लास्टिक मुक्त बनाउने अभियानमा अनेरास्ववियु

मार्तडीलाई फोहर र प्लास्टिक मुक्त बनाउने अभियानमा अनेरास्ववियु

  • शुक्रबार, पुस २२, २०७९
मार्तडीलाई फोहर र प्लास्टिक मुक्त बनाउने अभियानमा अनेरास्ववियु

बाजुरा — अनेरास्ववियू बाजुराले जिल्ला सदरमुकाम मार्तडी बजार क्षेत्र भित्र रहेको फोहर र प्लास्टिकलाई मुक्त बनाउने अभियान सुरु गरेको छ । मार्तडी बजारलाई सुन्दर सहरको रुपमा चिनाउन अनेरास्ववियु बाजुराको पहिलो चरणको अभियन आजबाट सुरुवात गरेको अनेरास्ववियू बाजुराले जनाएको छ ।
जिल्लाकै नमुना विद्यालय मालिका नमुना माध्यमिक बिद्यालयको भवन पछाडि बाट बग्ने फोहरको नालि केही बर्षदेखि खुला र दुर्गन्धित भएको कारण विद्यार्थीलाई पढ्न र कक्षा कोठा समेत बस्न नहुने गरि दुर्गन्धित भएको ठाउँबाट सो अभियानको सुरुवात गरिएको जनाएको छ । अनेरास्ववियु बाजुराले फोहर र दुर्गन्धित नाली सरसफाइ गरेको लक्ष्मण रोकायाले बताए ।

No description available.
त्यस्तै बजारबाट उठाएर मुख्य राजमार्गको रुपमा रहेको साफेँ मार्तडी सडको छेउमा जथाभावि रूपमा सडक नै अवरूद्व हुनेगरि माटो फालेको देखिएपछि संगठनले उक्त माटो समेत केही ठाउँबाट हटाएको अनेरास्ववियू बाजुराले जनाएको छ ।
आजबाट यो अभियान हप्ताको एक दिन बजार सरसफाइ गरिने जनाएको छ । अनेरास्ववियुले यो अभियानमा साथ दिन सदरमुकामबासी सबैमा  अनुरोध समेत गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार