बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • शिक्षा
  • बिद्यालयमा भवनको समस्या : बहु कक्षाद्धारा पढाइ हुदै

बिद्यालयमा भवनको समस्या : बहु कक्षाद्धारा पढाइ हुदै

  • आइतवार, पुस १०, २०७९
बिद्यालयमा भवनको समस्या : बहु कक्षाद्धारा पढाइ हुदै

टेक बहादुर बुढा — जिल्लाको खप्तड छेडेदह गाउँपालिका ४ मा रहेको खापरदेवस्थली माध्यामिक बिद्यालयमा भवन नहुँदा बिद्यार्थीलाई पढाउन समस्या भएको छ । बिद्यालयमा बिद्यार्थीको सङख्या धेरै भएकाले एउटा कक्षाकोठामा नअट्ने भएकाले पढाउन समस्या भएको प्रधानाध्यापक चन्द्र बहादुर थापाले बताएका छन ।

बिद्यालयमा भवनको अभाव भएकाले दुई कक्षाका बिद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउनु पर्ने बाध्यता रहेको प्रधाानाध्यापक थापाले बताए । प्रधानाध्यापक थापाले भने एउटै कक्षामा बिद्यार्थी धेरै भएको र सेक्सन छुट्याउनका लागी थप कक्षाकोठा नभएकाले पढाउन समस्या भएको बताए । बिद्यालयमा अहिले केहि भवन नयाँ बने पनि केहि भवन भने पुराना जिणर् अवस्थामा रहेका प्रधानाध्यापक थापाले बताएका छन ।

बहुकक्षाद्धारा पढ्नु पर्ने बाध्यता रहेकाले पढ्न समस्या भएको कक्षा ७ मा अध्यययनरत छात्रा कबिता धामीले बताए । उनले भने कक्षामा एक सय भन्दा धेरै बिद्यार्थीहरु छन, एउटा बेन्चमा सात जना बसेर पढिरहेको बताए । बिद्यालयमा बिद्यार्थीको सङख्या अधिक भएकाले भवनको समस्या रहेको नि प्रधानाध्यपक राम बहादुर धामीले बताए । बिद्यालयमा शैक्षिक सामाग्री समेत अपुग मात्रामा रहेका नि प्रधानाध्यापक धामीको भनाइ रहेको छ । कक्षा ११ मा अध्ययनरत छात्र प्रेम धामीले भने बिद्यालयमा पढ्नका लागी धेरै बिद्यार्थीहरु आएका भए पनि शैक्षिक सामाग्री अपुग मात्रामा रहेकाले पढाई प्रभावकारी नभएको बताए ।

उनले भने मेरो कक्षामा धेरै बिद्यार्थी छन तर कक्षामा ह्वाइटबोर्ड समेत नभएको बताए । बिद्यालयमा टाढाटाढा बाट बढ्नका लागी बिद्याथीहरु आएपनि पढाईहुने कक्षाकोठामा शैक्षिक सामाग्रीहरुको प्रयाप्तता नभएको बिद्यार्थीहरुले गुनासो गरेका छन ।

बिद्यालयको विकासका लागी विभिन्न सरकारी तथा गैरसरकारी संघ सस्थाहरुले धेरै सहयोग गर्दै आएका भएपनि सरकारले त्यति ध्यान नदिएको बिद्यालयले जनाएको छ । कक्षा १२ सम्म पढाई हुने उक्त बिद्यालयमा जम्मा ६८० जना बिद्यार्थीहरु अध्ययन गरिरहेका छन ।

हरेक बिद्यालयमा गुणस्तरिय शिक्षा प्रदान गराउने भने पनि बिद्यालयमा शैक्षिक सामाग्रीको उपलब्धता नभएकाले बालबालिकाको पढाईमा प्रतिकुल पर्न सक्ने भन्दै अभिभावकहरुले चिन्ता समेत व्यक्त गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार